सीप र दक्षता अभिवृद्धि गराएर मात्रै जलवायु परिवर्तनबाट उत्पन्न समस्यालाई सम्बोधन गर्न सकिन्छ : मन्त्री श्रेष्ठ
हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले मानिसबाट भइरहेको पृथ्वीको विनाशबाट बचाउनका लागि आवश्यक काम गर्नु सबैको दायित्व भएको बताएका छन् ।
सोमबार हेटौँडामा आयोजित ‘विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीय रूपमा सशक्तीकृत : जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचौँ प्रदेश स्तरीय जुनियर : युवा रेडक्रस शिविर कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले पर्यावरण विनाश, जलवायु परिवर्तन र पृथ्वीको तापक्रममा निरन्तरको वृद्धिले मानव जातिको अस्तित्व नै सङ्कटमा पर्दै गइरहेको बताए ।
उनले हिमालमा हिउँ पग्लने, समुन्द्री सतहको वृद्धि, अत्यधिक कार्बन उत्सर्जन र वायुमण्डलमा बढिरहेको प्रदूषणले पृथ्वीको अस्तित्व पनि सङ्कटमा पर्दै गइरहेको बताए । उनले मानिसद्वारा भइरहेको पृथ्वीको विनाशबाट बचाउनका लागि आवश्यक काम गर्नु सबैको दायित्व भएको बताए । उनले युवाहरू राष्ट्रका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक क्षेत्रका अग्रदूत तथा परिवर्तनका बाहक भएको भन्दै उनीहरूले मानवीय सेवा कार्यलाई प्रभावकारी बनाउनु पर्ने बताए । उनले युवाहरूले समुदायको दुःख र पीडामा सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
मन्त्री श्रेष्ठले युवाहरूको सीप र दक्षता अभिवृद्धि गराएर मात्रै जलवायु परिवर्तनबाट उत्पन्न समस्यालाई सम्बोधन गर्न सम्भव हुने बताए । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गर्दै अघि बढिरहेको बताए । उनले हाल सरकारी अस्पतालमा मात्रै रगत उपलब्धता गरिँदै आएकोमा आगामी दिनमा सम्पूर्ण रूपमा निःशुल्क रगत उपलब्धता गर्न पहल गरिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
-
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण