जनकपुरमा एक जनाको हत्या, २ जना पक्राउ
वीरगन्ज । धनुषाको जनकपुरमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित विश्वकर्मा चोकमा आज दिउँसो छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको हो ।
जनकपुर प्रहरीका अनुसार प्रीन्सकुमार महासेठको छुरा प्रहारबाट मृत्यु भएको हो । महोत्तरी जिल्ला डाडा गाउँपालिका निवासी महासेठको छातीको बाँया भागमा छुरा प्रहार गरिएको पाइएको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले जनाए । घाइते भएका महासेठको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता अवाका अनुसार घटनाबारे प्रहरीलाई सूचना आउनसाथ प्रहरीले आफ्नो सक्रियता बढाउँदै संलग्न २ जनालाई पक्राउ गरेको छ । तर अहिले उनीहरुमाथि अनुसन्धान चलिरहेकोले नाम भने गोप्य राखिएको प्रहरी प्रवक्ता अवा बताउँछन् । पक्राउ परेकाहरुको साथबाट हत्यामा प्रयोग गरिएका केही सामग्रीसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।
हत्यामा संलग्न रहेकाहरु लागु औषधको सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको प्रहरी प्रवक्ता अवाले बताए । सडकमा आपसी विवाद हुँदा छुरा प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट थाहा भएको छ । पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण