मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा एक जनाको हत्या, २ जना पक्राउ

सोमबार, २६ चैत २०८०, १७ : ३०
सोमबार, २६ चैत २०८०

वीरगन्ज । धनुषाको जनकपुरमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित विश्वकर्मा चोकमा आज दिउँसो छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको हो ।

जनकपुर प्रहरीका अनुसार प्रीन्सकुमार महासेठको छुरा प्रहारबाट मृत्यु भएको हो । महोत्तरी जिल्ला डाडा गाउँपालिका निवासी महासेठको छातीको बाँया भागमा छुरा प्रहार गरिएको पाइएको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले जनाए । घाइते भएका महासेठको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ  ।

प्रहरी प्रवक्ता अवाका अनुसार घटनाबारे प्रहरीलाई सूचना आउनसाथ प्रहरीले आफ्नो सक्रियता बढाउँदै संलग्न २ जनालाई पक्राउ गरेको छ । तर अहिले उनीहरुमाथि अनुसन्धान चलिरहेकोले नाम भने गोप्य राखिएको प्रहरी प्रवक्ता अवा बताउँछन् । पक्राउ परेकाहरुको साथबाट हत्यामा प्रयोग गरिएका केही सामग्रीसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ  ।

हत्यामा संलग्न रहेकाहरु लागु औषधको सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको प्रहरी प्रवक्ता अवाले बताए । सडकमा आपसी विवाद हुँदा छुरा प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट थाहा भएको छ । पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि  बढाइएको धनुषा प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप