सुटिङकाे क्रममा अभिनेत्री सुजाता भिरबाट लडेर घाइते
फिल्म । फिल्म `द्रौपदी´ सुटिङकाे क्रममा अभिनेत्री सुजाता तिमिल्सिना भिरबाट लडेर घाइते भएकी छिन् । डोल्पाको अप्ठ्यारो लोकेसनमा सुटिङ गर्दागर्दै मंगलबार दिउँसो सुजाता भीरबाट लडेर घाइते भएकी हुन् । उनको मुख, दाँत तथा हातखुट्टामा चोट लागेको छ । उनको मुड्केचुला गाउँपालिकास्थित स्थानीय अस्पतालमा उपचार भइरहेको फिल्मका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले जानकारी दिए ।
`एउटा अग्लाे ठाउँमा सुटिङ भइरहेकाे थियो ।एकाएक खुट्टा चिप्लिएर उनी लडिन्,´ निर्देशक आचार्यले भने,`अहिले उनको स्वास्थ्य स्थिति खतरामुक्त छ । गाह्रो भएमा काठमाडौँ पठाउनु पर्ला ।´
कलाकार घाइते भएपछि मंगलबार सुटिङ अवरुद्ध भएको थियो । सुजाता `द्रौपदी´ का लागि अडिसन दिएर अभिनेत्रीका लागि चयन भएकी हुन् ।
अहिलेसम्म कुनै पनि फिल्म,भिडियोसमेत छायांकन नगरिएको ताजा लोकेसनहरूमा फिल्म सुटिङ गरिएको र अब केही दिनमा सम्पूर्ण छायांकन सकिने बताइएको छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भइरहेको भनिएको फिल्ममा आश्वीनी शाही,कबिराज भाम,जेल्सन अधिकारी,सुजाता तिमल्सिना,विष्णु ठडराई ( सुवास ) , प्रकाश ज्ञवाली,रवि ओड ,सीता बौडेल ,सुरज अधिकारीलगायत कलाकार छन् ।झन्डै एक महिना अघिदेखि डोल्पा जिल्लाका विभिन्न स्थानमा सुटिङ भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण