७ दिनभित्र जनताको पक्षमा काम नभए संसद्मा अवरोध गर्छौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारीको माध्यमबाट ठगिएकालाई न्याय दिन सरकारले विशेष ध्यान पुर्याउन जरुरी रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगीको विषयमा प्रमुख प्रतिपक्ष दलले लगातार संसद् अवरोध गरेकोमा विशेष ध्यान दिनसमेत सरकारलाई आग्रह गरे ।
‘सहकारी ठगीको विषयमा प्रमुख प्रतिपक्षीले केही दिनदेखि संसद् अवरोध गरिरहेको छ । उनीहरूको मागमा सरकारले विशेष ध्यान दिनु जरुरी छ’, उनले भने । बजेटमा भएका सेवा सुविधा राष्ट्रसेवकहरूले उपयोग गर्ने तर जनतालाई सेवा सुविधा नदिने विषयमा उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए । सात दिनभित्र जनताको पक्षमा सरकारले काम नगरे संसद् अवरुद्ध पार्ने समेत उनले चेतावनी दिए ।
‘चालु आर्थिक वर्षको बजेटबाट सेना, प्रहरी, न्यायाधीश, प्रशासक सबैले सुविधा लिइरहेका छन् । तर हामीलाई अमूल्य मत दिएर पठाएका जनतालाई सेवा र सुविधा दिन सरकारले मानिरहेको छैन । सात दिनभित्र जताको पक्षमा सरकारले काम नगरे संसद्मा अवरोध गर्छौँ’, सभामुखमार्फत पाण्डेले सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
अर्थमन्त्री पौडेलले संसद्मा दिएको जवाफमा सांसद बस्नेत असन्तुष्ट
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित