७ दिनभित्र जनताको पक्षमा काम नभए संसद्मा अवरोध गर्छौँ : राजेन्द्र पाण्डे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारीको माध्यमबाट ठगिएकालाई न्याय दिन सरकारले विशेष ध्यान पुर्याउन जरुरी रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगीको विषयमा प्रमुख प्रतिपक्ष दलले लगातार संसद् अवरोध गरेकोमा विशेष ध्यान दिनसमेत सरकारलाई आग्रह गरे ।
‘सहकारी ठगीको विषयमा प्रमुख प्रतिपक्षीले केही दिनदेखि संसद् अवरोध गरिरहेको छ । उनीहरूको मागमा सरकारले विशेष ध्यान दिनु जरुरी छ’, उनले भने । बजेटमा भएका सेवा सुविधा राष्ट्रसेवकहरूले उपयोग गर्ने तर जनतालाई सेवा सुविधा नदिने विषयमा उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए । सात दिनभित्र जनताको पक्षमा सरकारले काम नगरे संसद् अवरुद्ध पार्ने समेत उनले चेतावनी दिए ।
‘चालु आर्थिक वर्षको बजेटबाट सेना, प्रहरी, न्यायाधीश, प्रशासक सबैले सुविधा लिइरहेका छन् । तर हामीलाई अमूल्य मत दिएर पठाएका जनतालाई सेवा र सुविधा दिन सरकारले मानिरहेको छैन । सात दिनभित्र जताको पक्षमा सरकारले काम नगरे संसद्मा अवरोध गर्छौँ’, सभामुखमार्फत पाण्डेले सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण