कालीकोटको तिलागुफा नगरपालिकाले सुरु गर्यो गाउँबाटै नुन वितरण
कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले गाउँपालिकाको केन्द्रबाटै आयोडिनयुक्त नुन वितरण गर्न थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँगको समन्वयमा नगरपालिकाको केन्द्र गाल्जेमा वितरण केन्द्र स्थापना गरी नुन वितरण गर्न थालेको हो ।
नुनकै लागी जिल्ला सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएकोमा स्थानीयवासी खुसी भएका छन् । नुन लिन सदरमुकाम जानुपर्ने बाध्यता हटेको तिलागुफा नगरपालिका-६ का सत्यबहादुर शाहीले बताए । “एक किलो नुनका लागि एकदिन लगाएर जिल्ला सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता हटेको छ”, उनले भने, “गाउँमै नुन पाउँदा खुसी छौँ ।”
विगतमा नुन लिन रु दुई हजारभन्दा बढी खर्च र पूरै एक दिन समय लगाएर सदरमुकाम पुग्नुपथ्र्यो । तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले साल्ट ट्रेडिङ कर्पोरेसनसँगको सहकार्यमा नगरपालिका केन्द्रमै अस्थायी डिपो स्थापना गरेर नुन वितरण सेवा दिएको बताए ।
“लामो प्रयासपछि स्थानीय तहबाटै नुन वितरणको हुन थालेको छ”, तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले भने, “अहिले अस्थायी कार्यालय खोलेर वितरण गर्न थालिएको छ, यसलाई स्थायी बनाएर पछि नियमित वितरण गर्ने तयारीमा छौँ ।”
यसअघि रास्कोट नगरपालिका र महाबै गाउँपालिकाले गाउँबाटै नुन वितरण सुरु गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण