...नत्र क्यानाडाका लागि क्रिकेट खेलिरहेका हुनेथिए जसप्रित बुमराह
काठमाडौँ । जसप्रित बुमराह भारतीय क्रिकेटमा बलिङको मेरुदण्ड नै मानिन्छन् । इन्डियन प्रिमियर लिग (आइपीएल) मा उनी मुम्बई इन्डियन्सबाट खेल्छन् ।
बिहीबार रोयल च्यालेन्जर बेंगलुरुविरुद्धको खेलमा ‘म्यान अफ दि म्याच’ बनेका उनले ४ ओभरमा २१ रनमात्र दिएर पाँच विकेट लिए ।
भारतीय क्रिकेटमा बुमराहको उदय त्यतिबेला भयो जब भारतीय क्रिकेटमा तीव्र गतिका बलर प्रभावशाली बन्दै थिए । स्पिनमा निर्भर भारतीय टिममा यस्तो एक तीव्र गतिको बलर आवश्यक थियो जसले विपक्षीको हौसलालाई चकनाचुर बनाउन सकोस् । बुमराह त्यो क्रान्तिको ‘पोस्टर ब्वाय’ बन्न सफल पनि भए ।
उनै बुमराह कुनैबेला क्यानाडा जान चाहन्थे, जतिबेला उनी भारतको राष्ट्रिय क्रिकेट टिममा थिएनन् । राम्रो अवसरको खोजीमा क्यानाडा जाने सोच राखेका बुमराह जब आइपीएलमा मुम्बई इन्डियन्स टिममा सामेल भए, त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन ।
बुमराहले आफ्नै पत्नी संजना गणेशनलाई दिएको अन्तरवार्ताको भिडियो क्लिपमा क्यानाडा जाने योजनाका बारेमा उल्लेख गरेका छन् । संजनाले बुमराहलाई सोधेकी छन्– तपाईं क्यानाडा जान चाहनुहुन्थ्यो र एउटा नयाँ जीवन सुरु गर्न चाहनुहुन्थ्यो ?
जवाफमा बुमराहले भनेका छन्, ‘तपाईंसँग एउटा ब्याकअप प्लान हुनुपर्छ । मेरो आफन्त क्यानाडामा हुनुहुन्छ । पढाइ पूरा गरेर क्यानाडामा काकासँगै बसेर केही गर्न चाहन्थेँ । तर मेरी आमा त्यहाँ जान चाहनुभएन । किनकि त्यहाँको रहनसहन अलग छ ।’
बुमराहले आफूलाई ‘भाग्यशाली’ बताए । उनले अगाडि भने, ‘यहाँ सबै कुरा सफल भयो । अन्यथा म क्यानाडाको टिममा क्रिकेट खेल्न कोसिस गरिरहेको हुन्थेँ होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026