नयाँ वर्षको शुभ-कामना साटेकी छु
विचार र निर्विचारको युद्ध होइन म,
कलम र भावको योद्धा हुँ म,
योद्धा जहिले पनि लड्न जान्दछ,
योद्धा जहिले पनि युद्ध स्विकार्दछ!!
स्विकार्नु- बाध्यता नठान्नु
स्विकार्नु- हार्यो न भन्नु
एक पल्ट स्विकारेर हेर त,
स्वीकार- मिठो हुन्छ,
स्वीकार- आनन्दित हुन्छ,
स्वीकार- प्रेमिल बन्छ
स्वीकार- मौनता मिल्छ!!
नौलो लाग्दैन मलाई,
अचम्म पनि लाग्दैन मलाई,
हिजो पनि त तिमी थियौ
अस्ति पनि त थियौ
हिजो र अस्तिलाई स्विकार्दै स्विकार्दै
आज त झन् दैलोमा
टुप्लुक्क आइपुगी नै हाल्यो!!
सिरसिरी यो चिसो बतासले स्विकारेर
तिम्रो आगमनलाई सहजता ल्याएको छ।
फक्रिएका यी फूलहरूले स्विकारेर
रङ्गिन सपना देखाएको छ!!
यसैले त,
भाव र अभावहरू स्विकार्दै,
जीवन अगाडी बढ्दै छ,
प्रेम र घृणाहरू अँगाल्दै
सुनौलो बिहानी उदाएको छ!!
नयाँ आउने दिनहरूको पर्खाइमा
शून्यतामा लालिमा छाएको छ!!
तिमी आउँछौ र त…
शुभ-कामना स्विकारेकी छु,
आज तिमीलाई पनि तिमीसँग
हृदय भरीको नयाँ वर्ष-२०८१ को
शुभ-कामना साटेकी छु!!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण