सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

नयाँ वर्षको शुभ-कामना साटेकी छु

शनिबार, ०१ वैशाख २०८१, १२ : ३५
शनिबार, ०१ वैशाख २०८१

विचार र निर्विचारको युद्ध होइन म, 
कलम र भावको योद्धा हुँ म, 
योद्धा जहिले पनि लड्न जान्दछ, 
योद्धा जहिले पनि युद्ध स्विकार्दछ!!

स्विकार्नु- बाध्यता नठान्नु 
स्विकार्नु- हार्‍यो न भन्नु
एक पल्ट स्विकारेर हेर त,  
स्वीकार- मिठो हुन्छ, 
स्वीकार- आनन्दित हुन्छ, 
स्वीकार- प्रेमिल बन्छ
स्वीकार- मौनता मिल्छ!!

 नौलो लाग्दैन मलाई, 
अचम्म पनि लाग्दैन मलाई, 
हिजो पनि त तिमी थियौ 
अस्ति पनि त  थियौ
हिजो र अस्तिलाई स्विकार्दै स्विकार्दै
आज त झन् दैलोमा
टुप्लुक्क आइपुगी नै हाल्यो!! 

सिरसिरी यो  चिसो बतासले स्विकारेर 
तिम्रो आगमनलाई सहजता ल्याएको छ। 
फक्रिएका यी फूलहरूले स्विकारेर
रङ्गिन सपना देखाएको छ!!
यसैले त,
भाव र अभावहरू स्विकार्दै,
जीवन अगाडी बढ्दै छ,
प्रेम र घृणाहरू  अँगाल्दै
सुनौलो बिहानी उदाएको छ!!

नयाँ आउने दिनहरूको पर्खाइमा 
शून्यतामा लालिमा छाएको छ!!
तिमी आउँछौ र त… 
शुभ-कामना स्विकारेकी छु,
आज तिमीलाई पनि तिमीसँग  
हृदय भरीको नयाँ वर्ष-२०८१ को 
शुभ-कामना साटेकी  छु!!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा दुलाल
रमा दुलाल
लेखकबाट थप