सिड्नीमा अन्धाधुन्ध चक्कु प्रहार, ६ जनाको मृत्यु
सिड्नी । अस्ट्रेलियाको सिड्नी सहरको व्यस्त सपिङ सेन्टरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आक्रमणकारी पनि प्रहरीको गोलीबाट मारिएका छन् ।
पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । घटनामा आठ जना घाइते भएका छन् । जसमा एक ८ वर्षीय शिशु पनि रहेका छन् ।
आक्रमणकारी ४० वर्षीय पुरुष रहेको र उनीबारे प्रहरी जानकार रहेको बताइएको छ । घटना आतंकवादसँग सम्बन्धित नरहेको अधिकारीहरूले बताए पनि आक्रमणको कारणबारे भने खुलाइएको छैन । स्थानीय समयअनुसार दिउँसो तीन बजे वेस्टफिल्ड बोन्डी जंकसनमा यो घटना भएको थियो ।
अस्ट्रेलियामा यसरी सामूहिक हत्या भएको सन् २०१९ पछि पहिलोपटक हो । डार्विनमा भएको सामूहिक गोलीकाण्डमा ४ जनाको मृत्यु भएको थियो । सन् २०१७ मा जेम्स गार्गासोलासले सर्वसाधारणमाथि गाडीले किच्दा ६ जनाको मृत्यु भएको थियो । त्योभन्दा अघि सन् १९९६ मा पोर्ट आर्थर हत्याकाण्डमा तास्मानियामा ३५ जनाको मृत्यु भएको थियो ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिसले घटनालाई सर्वसाधारणमाथि लक्षित गरिएको भयानक हिंसाको संज्ञा दिएका छन् । उनले आक्रमणकारीलाई मार्ने प्रहरी अधिकारीको प्रशंसासमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण