भारत सरकारद्वारा नेपाललाई एम्बुलेन्स र बस उपहार
काठमाडौँ। नेपालस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ–संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र अर्थमन्त्री श्री वर्षमान पुनको उपस्थितिमा सो एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरिएको हो । समारोहमा स्थानीय निकायका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक नेता, सरकारी पदाधिकारी र समाजसेवीको उपस्थित थिए ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामा दूतावासका प्रतिनिधिले यसअघि नै दुई एम्बुलेन्स स्थानीयलाई नै हस्तान्तरण गरेका थिए । तीन दशकदेखि नै भारत सरकारले स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा एम्बुलेन्स तथा स्कुल बस उपहार स्वरूप प्रदान गर्दै आएको छ ।
अर्थमन्त्री पुनले भारतको यस्तो सहयोगले दुवै देश बिचको जनसम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तरता दिएको उल्लेख गरे । उनले यस्ता कार्यक्रम नेपाली जनतालाई फाइदा पुर्याउने पनि बताए ।
कार्यक्रममा राजदूत श्रीवास्तवले स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार विकासमा यो पहलले भारत–नेपाल विकास साझेदारीलाई सुदृढ बनाएको बताए । उनले यस कार्यक्रमले भौगोलिक विकटताका बाबजुद जनजीवनलाई सरल र विकास यात्रालाई मद्दत पुर्याएको पनि बताए ।
भारतले सन् १९९४ देखि हालसम्म नेपाललाई १००९ एम्बुलेन्स र ३०० स्कुल बस उपहार गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण