सुदूरपश्चिम प्रदेश
दीर्घ सोडारी भन्छन्– छलफलमै छौँ, अहिले केही भएको छैन
आइतबार, ०२ वैशाख २०८१, १५ : ३५
काठमाडौँ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नयाँ सरकार गठनबारे आफूहरू छलफलमै रहेको बताएका छन् ।
केन्द्रको निर्णय विपरित एकीकृत समाजवादीले नाउपाका रेशम चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको समाचार बाहिर आइरहेका बेला सोडारीले आफूहरू छलफलमै रहेको भन्दै अहिले केही नभएको रातोपाटीलाई बताए ।
‘हामी छलफलमै छौ, अहिले केही भएको छैन, केही बेर कुर्नुस् न’, सोडारीले रातोपाटीसँग संक्षिप्त प्रतिक्रिया दिए ।
यता कांग्रेस र नेकपा एकीकृत सांसदहरूको समर्थनमा लम्क्षणकिशोर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरिसकेका छन् । तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना सांसदहरूलाई कांग्रेससहितको गठबन्धनबाट फिर्ता हुन निर्देशन दिएपछि उनीहरू अलमलमा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण