बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

दीर्घ सोडारी भन्छन्– छलफलमै छौँ, अहिले केही भएको छैन

आइतबार, ०२ वैशाख २०८१, १५ : ३५
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नयाँ सरकार गठनबारे आफूहरू छलफलमै रहेको बताएका छन् ।

केन्द्रको निर्णय विपरित एकीकृत समाजवादीले नाउपाका रेशम चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको समाचार बाहिर आइरहेका बेला सोडारीले आफूहरू छलफलमै रहेको भन्दै अहिले केही नभएको रातोपाटीलाई बताए । 

‘हामी छलफलमै छौ, अहिले केही भएको छैन, केही बेर कुर्नुस् न’, सोडारीले रातोपाटीसँग संक्षिप्त प्रतिक्रिया दिए ।

यता कांग्रेस र नेकपा एकीकृत सांसदहरूको समर्थनमा लम्क्षणकिशोर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरिसकेका छन् । तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना सांसदहरूलाई कांग्रेससहितको गठबन्धनबाट फिर्ता हुन निर्देशन दिएपछि उनीहरू अलमलमा परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप