१३८ घन्टामा पुष्पा २ को टिजरलाई ११ करोड भ्यूज
नयाँ दिल्ली । साउथ सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ रिलिजको लागि तयार छ । दर्शकहरूमाझ यो फिल्मको क्रेज निकै धेरै छ ।
निर्माण पक्षले हालै युट्युबमा फिल्मको टिजर सार्वजनिक गरेका थिए । यो टिजरले दर्शकको अथाह माया पाइरहेको छ । पछिल्लो १३८ घण्टामा पुष्पा २ को टिजरलाई ११ करोडभन्दा धेरै भ्यूज मिलेको छ ।
फिल्मको टिजर अल्लु अर्जुनको जन्मदिन अर्थात् यही अप्रिल ८ मा रिलिज गरिएको थियो । त्यसयता यो टिजर युट्युबको ट्रेन्डिङमा छ । फिल्मको टिजरमा अल्लु अर्जुन खुट्टामा घुंघुरु, कानमा झुम्का र नीलो साडी लगाएका देखिन्छन् । उनको यो अवतारलाई दर्शकले रुचाएका छन् ।
पुष्पा २ को यो टिजर युट्युबमा पछिल्लो १३८ घण्टामा ११ करोडभन्दा बढी पटक हेरिएको छ । युट्युबमा टिजरमा अहिलेसम्म डेढ करोडभन्दा बढी लाइक आइसकेको छ ।
कहिले हुन्छ फिल्म रिलिज ?
अल्लु अर्जुनका फ्यानहरु उनलाई फेरि एकपटक ‘पुष्पा’को अवतारमा हेर्न आतुर छन् । यस फिल्ममा अल्लु जापानी भाषा बोलिरहेको देख्न पाइनेछ ।
फिल्मलाई निर्देशक सुकुमारले बृहत स्तरमा निर्माण गरेका छन् । खबरहरूका अनुसार फिल्म यही वर्षको अगस्त १५ मा रिलिज हुँदैछ । सुकुमारले सन् २०२१ मा ‘पुष्पा’ ल्याएका थिए । यो फिल्मले बक्स अफिसको कयौं रेकर्ड तोडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण