शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

एसीसी प्रिमियर कप क्रिकेट : आयोजक ओमानले कम्बोडियालाई हरायो

आइतबार, ०२ वैशाख २०८१, १६ : ३१
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा घरेलु टोली ओमानले कम्बोडियालाई ६३ रनले हराएको छ । समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ११ ओभरमा ६ विकेट गुमाएर एक सय ५४ रन बनायो ।  

जवाफी ब्याटिङमा ओर्लिएको कम्बोडियाले भने निर्धारित ११ ओभरमा सात विकेट गुमाएर ९१ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा ओमानको यो लगातार दोस्रो जित हो । ओमान चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । कम्बोडियाको भने यो लगातार दोस्रो हार हो ।

पहिले ब्याटिङ गरेको ओमानका लागि ओपनर ब्याट्सम्यान नसिम खुसीले ६९ रनको योगदान गरे । उनले केवल २७ बलमा ६ छक्का र ६ चौका पनि प्रहार गरे । कम्बोडियाका बलर श्रवण गोदरा, उत्कर्ष जैन र विमुक्ती विराजले दुई–दुई विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कम्बोडियाका लागि कप्तान लुकमन बटले ४१ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले २१ बलको सामना गरी चार छक्का र एक चौका हिर्काएका थिए । ओमानका बलर अकिब इलियसले चार विकेट लिए । मेहरान खानले पनि दुई विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप