एसीसी प्रिमियर कप क्रिकेट : आयोजक ओमानले कम्बोडियालाई हरायो
काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा घरेलु टोली ओमानले कम्बोडियालाई ६३ रनले हराएको छ । समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ११ ओभरमा ६ विकेट गुमाएर एक सय ५४ रन बनायो ।
जवाफी ब्याटिङमा ओर्लिएको कम्बोडियाले भने निर्धारित ११ ओभरमा सात विकेट गुमाएर ९१ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा ओमानको यो लगातार दोस्रो जित हो । ओमान चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । कम्बोडियाको भने यो लगातार दोस्रो हार हो ।
पहिले ब्याटिङ गरेको ओमानका लागि ओपनर ब्याट्सम्यान नसिम खुसीले ६९ रनको योगदान गरे । उनले केवल २७ बलमा ६ छक्का र ६ चौका पनि प्रहार गरे । कम्बोडियाका बलर श्रवण गोदरा, उत्कर्ष जैन र विमुक्ती विराजले दुई–दुई विकेट लिए ।
जवाफी ब्याटिङ गरेको कम्बोडियाका लागि कप्तान लुकमन बटले ४१ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले २१ बलको सामना गरी चार छक्का र एक चौका हिर्काएका थिए । ओमानका बलर अकिब इलियसले चार विकेट लिए । मेहरान खानले पनि दुई विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्क घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026