शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बिस्का नखः (जात्रा) का अवसरमा टोखामा सार्वजनिक बिदा

आइतबार, ०२ वैशाख २०८१, २२ : ५३
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले बिस्का जात्राका अवसरमा वैशाख ४ गते सार्वजनिक बिदा दिएको छ । टोखाको गत चैत २९ गते बसेको नगर कार्यपालिकाको बैठकले वैशाख १ देखि ५ गतेसम्म मनाइने बिस्का जात्राका अवसरमा वैशाख ३ गते टोखा नगरपालिकाको वडा नं २ र ३ साथै वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले वैशाख ३ गते दुईवटा वडा र वैशाख ४ गते टोखा नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था बन्द हुने जानकारी दिए ।

टोखामा वैशाख २ गते आज बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएर बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर बिहान ११ बजे थलागः टोलमा लस्करै बिसाइएको थियो ।

आज दिउँसो ३ बजे गणेश कुमारीको आगमन गराई तलेजुबाट सरकारी पुजा ल्याई सिन्दूरजात्रा गरी रथ उठाएको छ भने आज साँझ गाउँ परिक्रमा गरी बेलुका ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइएको नेवा गुथीः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो । आज रातभर भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने अध्यक्ष नापितले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप