शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर पूर्वी दिल्लीबाट कन्हैया कुमारलाई टिकट

सोमबार, ०३ वैशाख २०८१, ०७ : २०
सोमबार, ०३ वैशाख २०८१

नयाँ दिल्ली । कांग्रेसले दिल्ली, पञ्जाब र उत्तर प्रदेशका १० लोकसभा सीटका लागि आफ्ना उम्मेदवारहरूको नाम घोषणा गरेको छ। पार्टीले दिल्लीमा आम आदमी पार्टीसँग गठबन्धन गरी तीन सिटमा लडिरहेको छ । 

तीमध्ये पार्टीले कन्हैया कुमारलाई उत्तर पूर्वी दिल्ली सिटको लागि उम्मेदवार बनाएको छ। कन्हैयाले आगामी लोकसभा चुनावका लागि भाजपाका वर्तमान सांसद र उम्मेदवार मनोज तिवारीको सामना गर्नेछन्।

कन्हैया कुमारले गत लोकसभा चुनाव बिहारको बेगुसराय सीटबाट सीपीआईको टिकटमा लडेका थिए। तर, उनी भाजपाका गिरिराज सिंहसँग पराजित भए ।

त्यसपछि कन्हैया कुमार कांग्रेसमा प्रवेश गरे । पार्टीले दिल्लीको चाँदनी चोकबाट जेपी अग्रवाल र उत्तर पश्चिम दिल्लीबाट उदित राजलाई उम्मेदवार बनाएको छ । 

यता कांग्रेस पार्टीले पञ्जाबका पूर्व मुख्यमन्त्री चरणजीत सिंह चान्नीलाई जालन्धरबाट उम्मेदवार बनाएको छ । यसबाहेक अमृतसरबाट गुरजित सिंह औजला, फतेहगढ साहिबबाट अमर सिंह, भटिंडाबाट जीत मोहिन्दर सिंह सिद्धु, संगरूरबाट सुखपाल सिंह खैदा र पटियालाबाट धर्मवीर गान्धीलाई उम्मेदवार बनाइएको छ। उज्जवल रेवती उत्तर प्रदेशको इलाहाबाद सिटमा उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप