उत्तर पूर्वी दिल्लीबाट कन्हैया कुमारलाई टिकट
नयाँ दिल्ली । कांग्रेसले दिल्ली, पञ्जाब र उत्तर प्रदेशका १० लोकसभा सीटका लागि आफ्ना उम्मेदवारहरूको नाम घोषणा गरेको छ। पार्टीले दिल्लीमा आम आदमी पार्टीसँग गठबन्धन गरी तीन सिटमा लडिरहेको छ ।
तीमध्ये पार्टीले कन्हैया कुमारलाई उत्तर पूर्वी दिल्ली सिटको लागि उम्मेदवार बनाएको छ। कन्हैयाले आगामी लोकसभा चुनावका लागि भाजपाका वर्तमान सांसद र उम्मेदवार मनोज तिवारीको सामना गर्नेछन्।
कन्हैया कुमारले गत लोकसभा चुनाव बिहारको बेगुसराय सीटबाट सीपीआईको टिकटमा लडेका थिए। तर, उनी भाजपाका गिरिराज सिंहसँग पराजित भए ।
त्यसपछि कन्हैया कुमार कांग्रेसमा प्रवेश गरे । पार्टीले दिल्लीको चाँदनी चोकबाट जेपी अग्रवाल र उत्तर पश्चिम दिल्लीबाट उदित राजलाई उम्मेदवार बनाएको छ ।
यता कांग्रेस पार्टीले पञ्जाबका पूर्व मुख्यमन्त्री चरणजीत सिंह चान्नीलाई जालन्धरबाट उम्मेदवार बनाएको छ । यसबाहेक अमृतसरबाट गुरजित सिंह औजला, फतेहगढ साहिबबाट अमर सिंह, भटिंडाबाट जीत मोहिन्दर सिंह सिद्धु, संगरूरबाट सुखपाल सिंह खैदा र पटियालाबाट धर्मवीर गान्धीलाई उम्मेदवार बनाइएको छ। उज्जवल रेवती उत्तर प्रदेशको इलाहाबाद सिटमा उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण