पूर्वमन्त्री किराती ‘वसन्त यात्रा’मा, युवाहरूसँग अन्तरक्रिया गर्ने
भोजपुर । पूर्वमन्त्री सुदन किरात यतिबेला पूर्वका जिल्ला भ्रमणमा निस्केका छन् । आइतबार खोटाङबाट यात्रा सुरु गरेका मन्त्री किरातीले सदरमुकाम दिक्तेलस्थित शुभम् फाउन्डेसनमा स्थानीय राजनीतिकर्मीसँगै युवाहरूसँग अन्तरक्रिया गरेका थिए ।
‘युवाहरू के भन्छन् ?’ शीर्षकमा अन्तरक्रिया गरिरहेका किरातीको यात्रालाई ‘वसन्त यात्रा’ भनिएको छ । सोमबार भोजपुरको पर्यटकीय स्थल चखीयामा तीन दिनबाट सञ्चालित ‘टेम्के मैयुङ कृषि तथा पर्यटन महोत्सव’ को समापन गर्ने कार्यक्रम रहेको छ । यससँगै ४ गतेबाट पूर्वमा नयाँ पदमार्गको रूपमा पछिल्लो समय चर्चामा रहेको मुन्दुम पदमार्गमा किरातीको पैदल यात्रा सुरु हुनेछ ।
एक हप्ता सम्म सञ्चालन हुने पैदल यात्रामा बाटामा भेटिने युवा कृषि व्यवसायी,पर्यटन व्यवसायी, पदमार्गीसँगै आफूसँगै यात्रामा रहने दुई दर्जन बढी युवाहरूसँग युवाहरूमा देखिएको बढ्दो निराशा, वर्तमान राजनीति, अर्थव्यवस्था,संस्कृति र पर्यटनका विषयमा अन्तरक्रिया गर्नेछन् । यस पैदल यात्रा पछि पनि वसन्त ऋतुभरि पूर्वका सबै जिल्लाको ग्रामीण भेगसम्म अन्तरक्रिया जारी रहने भएकोले यस अभियानलाई वसन्त यात्रा भनिएको किरातीको सचिवालयले जनाएको छ ।
यस यात्राको मुख्य उद्देश्य युवाहरू विदेश पलायन र नेपालमा कृषि पर्यटन तथा उद्यम क्षेत्रको सम्भावनाहरू बारे स्थानीय स्तरसम्म छलफल गरेर समस्याको समाधानतर्फ सबैलाई जागरूक बनाउनु रहेको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण