शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

दीपेन्द्रले रनआउट गराए हङ्कङका कप्तानलाई

सोमबार, ०३ वैशाख २०८१, १३ : २१
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको दोस्रो विकेट लिएको छ । 

हङ्कङले दोस्रो विकेटका रुपमा कप्तान निजाकत खानलाई १२ रनको ब्यक्तिगत स्कोरमा गुमाएको हो । 

तेस्रो नम्बरमा क्रिज समाल्न आएका निजाकतलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका थिए । ५.४ ओभरमा निजाकत आउट हुँदा हङ्कङले ३७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप