मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमबाट समाजवादीले गरेको विद्रोहले देशभर सत्ता समीकरण भत्किने निश्चित : मुख्यमन्त्री शाह

सोमबार, ०३ वैशाख २०८१, १५ : ०२
सोमबार, ०३ वैशाख २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिममा एकीकृत समाजवादीले सुरु गरेको विद्रोहले देशभर नै नयाँ सत्ता समीकरण भत्किने निश्चित भएको टिप्पणी गरेका छन् ।

प्रदेश सरकारका काम चलाऊ मुख्यमन्त्रीको हैसियतमा रहेका शाहले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘देशलाई नै अस्थिरता र अनिर्णयको बन्दी बनाउनको लागि माओवादी, एमालेसहित दलको नयाँ सत्ता समीकरण बनेको हो । यसको औचित्य सावित भइसकेको छ । जुन औचित्यहीन छ भन्ने कुराको सुरुवात सुदूरपश्चिमबाट एकीकृत समाजवादीले गरेको छ । जुन राष्ट्रको हितमा छ ।’

सुदूरपश्चिममा कांग्रेस, नाउपा, समाजवादी र राप्रपाको वैकल्पिक गठनको सरकार बन्ने निश्चित रहेको बताउँदै उनले प्रदेश प्रमुखबाट निर्णय गर्नमा ढिलाइ भएकोप्रति असन्तुष्टि समेत जनाए ।

उनले अगाडि थपे, ‘हिजो हामीले दाबी पेस गरिसकेपछि आज पनि हामीले प्रदेश प्रमुखसँग छलफल गरेका छौँ । हामीले छिटोभन्दा छिटो निकासको लागि अनुरोध गरेका छौँ । विधि, विधान, प्रक्रिया भन्दा बाहिर गएर निर्णय लिँदा राम्रो हुँदैन भनेर भनेका छौँ । मैले बसेको कुर्सीमा चाँडो भन्दा लक्ष्मणकिशोर चौधरीलाई बसाउने मेरो तथा मेरो दलको प्रयत्न हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप