सुदूरपश्चिमबाट समाजवादीले गरेको विद्रोहले देशभर सत्ता समीकरण भत्किने निश्चित : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिममा एकीकृत समाजवादीले सुरु गरेको विद्रोहले देशभर नै नयाँ सत्ता समीकरण भत्किने निश्चित भएको टिप्पणी गरेका छन् ।
प्रदेश सरकारका काम चलाऊ मुख्यमन्त्रीको हैसियतमा रहेका शाहले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘देशलाई नै अस्थिरता र अनिर्णयको बन्दी बनाउनको लागि माओवादी, एमालेसहित दलको नयाँ सत्ता समीकरण बनेको हो । यसको औचित्य सावित भइसकेको छ । जुन औचित्यहीन छ भन्ने कुराको सुरुवात सुदूरपश्चिमबाट एकीकृत समाजवादीले गरेको छ । जुन राष्ट्रको हितमा छ ।’
सुदूरपश्चिममा कांग्रेस, नाउपा, समाजवादी र राप्रपाको वैकल्पिक गठनको सरकार बन्ने निश्चित रहेको बताउँदै उनले प्रदेश प्रमुखबाट निर्णय गर्नमा ढिलाइ भएकोप्रति असन्तुष्टि समेत जनाए ।
उनले अगाडि थपे, ‘हिजो हामीले दाबी पेस गरिसकेपछि आज पनि हामीले प्रदेश प्रमुखसँग छलफल गरेका छौँ । हामीले छिटोभन्दा छिटो निकासको लागि अनुरोध गरेका छौँ । विधि, विधान, प्रक्रिया भन्दा बाहिर गएर निर्णय लिँदा राम्रो हुँदैन भनेर भनेका छौँ । मैले बसेको कुर्सीमा चाँडो भन्दा लक्ष्मणकिशोर चौधरीलाई बसाउने मेरो तथा मेरो दलको प्रयत्न हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण