माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय
काठमाडौं । नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका लागि मोडालिटी तयार गर्ने निर्णय गरेको छ ।
दुई पार्टीको एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलबार बसेको बैठकले दुवैतर्फ एकता प्रक्रियालाई अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी एकताका लागि दुवै तर्फको संगठनात्मक स्थिति बारे एक आपसमा जानकारी गराउने काम पनि भएको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रका तर्फबाट कार्यदल सदस्यहरु महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माको उपस्थिति रहेको थियो भने नेपाल समाजवादी पार्टीको तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादवको सहभागिता रहेको थियो ।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले गत चैत्र ३ गते पार्टी एकता गर्ने निर्णय सहमति गरेको थियो । सोही दिन एकता प्रक्रियालाई टुंग्याउन कार्यदल गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण