सुदूरपश्चिममा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउला ?
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई सांसदले दाबी पेस गरेपछि कानुनी परामर्श गर्नुपर्ने भन्दै समय मागेका प्रदेश प्रमुखको निर्णयको पर्खाइमा दलहरू लागेका छन् ।
मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मणकिशोर चौधरी (रेशम चौधरी पक्षधर) र कैलाश चौधरी (रञ्जिता श्रेष्ठ पक्षधर)ले दाबी गरेपछि प्रदेश प्रमुख नाजिर मियाँले दुई दिनको समय मागेका थिए । उनले मागेको दुई दिनको समय मंगलबार समाप्त हुँदैछ ।
बहुमतका लागि निर्णायक मानिएको एकीकृत समाजवादीले केन्द्रीय सत्ता गठबन्धनको निर्णय विपरीत लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्नु र नाउपाबाटै दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस गर्नाले मुख्यमन्त्री नियुक्तिको विषय पेचिलो बनेको थियो । दुई दिनको समय सकिन लाग्दा राजनीतिक दलहरू प्रदेश प्रमुखको निर्णयको पर्खाइमा बसेका छन् ।
नेकपा एकीकृत समाजवादीका सांसद नरेश शाहीले आफूहरू प्रदेश प्रमुखको निर्णयको पर्खाइमा बसेको बताए ।
‘हामी प्रदेश प्रमुखको निर्णयको पखाइमा छौँ’, उनले भने, ‘एउटै पार्टीबाट मुख्यमन्त्रीमा दोहोरो दाबी परेकाले दुवै दाबी रद्द गरेर पुन: आह्वान गर्ने सम्भावना देखिएको छ ।’
शाहीका अनुसार त्यसपछि नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दाबी पेस गर्नेछ ।
‘दलहरुबिच छलफल भइरहेका छन् । पहिला प्रदेश प्रमुखको निर्णय आउनुपर्छ । त्यसपछि चाल्ने कदमबारे हामी छलफलमै छौँ’, शाहीको भनाई छ ।
स्रोतका अनुसार प्रदेश प्रमुखले दुवै दाबी रद्द गरेर पुन: आह्वान गरेको अवस्थामा एकीकृत समाजवादीका सांसदले कांग्रेस, रेशम चौधरी पक्षसहित सबैको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई मुख्यमन्त्री दिन आग्रह गरेका थिए । त्यसमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसमेत सकारात्मक रहेको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण