मुसलधारे वर्षाको चपेटामा दुबई, डुबानमा विमानस्थल
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) र आसपासका देशमा मंगलबार मुसलधारे वर्षा भएको छ । भारी वर्षाका कारण युएईका कयौँ स्थान पानीमा डुबेका छन् । बाढीका कारण कयौँ सरहमा जाम भएको छ । छिमेकी देश ओमानमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण १८ जनाको मृत्यु भएको छ ।
बाढीको सबैभन्दा धेरै असर दुबईको ट्राफिकमा देखिएको छ । सडक यातायात देखि हवाई यातायातमा समेत समेत अवरोध उत्पन्न भएको छ । दुबईको विमानस्थल पानीमा डुबेका छन् । कयौँ उडान रद्द भएका छन् । यस अघि सोमबार ने दुबई प्रहरीले खराब मौसमप्रति सर्तक रहन सर्वसाधारणहरूका लागि सुरक्षा एड्भाइजरी जारी गरेको थियो । युएईको मौसम विभागले दुबई, आबुधाबी सहित कयौँ ठुला सहरमा आगामी २४ घन्टनाभित्र भारी वर्ष हुने चेतावनी दिएको थियो ।
आइतबार र सोमबार ओमानको विभिन्न हिस्सामा अचानक आएको बाढीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको ओमानको राष्ट्रिय विपद् व्यवस्थापन समितिले बताएको थियो । देशको विविध हिस्सामा भारी वर्षा जारी छ । मौसम बुधबारसम्म खराब रहने बताइएको छ । गएको वर्ष पनि नोभेम्बरमा दुबईमा मुसलधारे वर्षाका कारण सहर बाढीमा डुबेको थियो । स्थिति बिग्रदै गएपछि अधिकारीहरूले सर्वसाधारणलाई समुद्रको किनारमा जानै रोक लगाउनु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण