मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

निकुञ्जको कोर इलाकाबाट गाँजासहित ७ जना पक्राउ

बुधबार, ०५ वैशाख २०८१, १३ : १९
बुधबार, ०५ वैशाख २०८१

हेटौँडा । पर्सा राष्ट्रिय निकुञ्जको कोर इलाकाबाट लागु औषध गाँजासहित ७ जनालाई पक्राउ गरिएको छ । वैशाख ४ गते दिउँसो २ः ३० बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ माथिल्लो मसिनेबाट १५० किलो लागु औषध गाँजासहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको कोर इलाका रहेको मसिने क्षेत्रको मध्यवर्ती सामुदायिक वनबाट पर्सा (वीरगन्ज)तर्फ लैजाँदै गरेको अवस्थामा सो परिमाणको लागु औषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विक्रम मगरले जानकारी दिए । निकुञ्ज चेक पोस्ट लामिटारबाट खटिएको कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको संयुक्त टोलीले मानिसहरूले लागु औषध गाँजा बोरामा बोकेर पैदल पर्सातर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको उनले बताए ।

निकुञ्ज र सेनाको टोलीले फेला पारेको लागुऔषध गाँजाका विषयमा प्रहरीलाई खबर गरे पश्चात् जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रकाश सिम्खडा र इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरीक्षक रामशरण दुलालको कमान्डमा टोलीले अनुसन्धानका लागि पुगेको उनको भनाई छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट २५ किलोमिटर दक्षिण तर्फ पर्ने सो स्थानबाट लागुऔषध गाँजा १५० किलोसहित मकवानपुर राक्सिराङ गाउँपालिका–३ बस्ने वर्ष १५ र राक्सिराङ–७ बस्ने वर्ष १९ का २ युवक रहेका छन् भने कैलाश गाउँपालिका–४ बस्ने वर्ष २८ को बमबहादुर चेपाङ, सोही स्थान बस्ने वर्ष २७ को हरिकुमार प्रजा, वर्ष २७ को वीरमान प्रजा, मनहरी–३ हाडीखोला बस्ने वर्ष ४४ को रामहरि लुइँटेल र मनहरी–५ बस्ने वर्ष ३६ को दीपक थापामगरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक मगरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप