सोडारीको दाबीमा नाउपाका पाँच सांसदको आपत्ति, पुगे प्रदेश प्रमुखको कार्यालय
धनगढी । नागरिक उन्मुक्ति पार्टीका पाँच जना सांसदले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीले गरेको दाबीमा समर्थन नरहेको प्रदेश प्रमुखलाई जानकारी गराएका छन् । बिहीबार एकीकृत समाजवादीका सोडारीले एमाले, माओवादी, नाउपासहितको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेलगत्तै नाउपाको असन्तुष्ट पक्षले आफूहरूको समर्थन नरहेको जनाएको हो ।
कांग्रेस संसदीय दलका नेता तथा काम चलाउ मुख्यमन्त्री कमलबहादुर शाहको साथमा नाउपाका ५ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् । नाउपाको बहुमत पक्ष कांग्रेससँगको गठबन्धनमा रहेकाले सोडारीको दाबीप्रति असहमति जनाएका हो । योसँगै सोडारीको दाबी विवादमा परेको छ ।
नाउपका ७ सांसदमध्ये कांग्रेससँग लक्ष्मणकिशोर चौधरीसहित ५ जना छन् भने कैलाश चौधरीसहित २ जना, एमाले, माओवादीसहितको गठबन्धन नजिक छन् । एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपाका ७ गरी ३१ सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा सोडारीले दाबी पेस गरेका छन् । तर नाउपाका ५ जनाले असहमति जनाएपछि उनको दाबीमाथि प्रश्न उठ्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण