कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस
विराटनगर । कोशी प्रदेशसभाको बैठकमा सङ्कल्प प्रस्ताव पेस गरिएको छ । बिहीबार प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सो प्रस्ताव पेस गरेका हुन् ।
प्रस्ताव पेस गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत गत चैत २६ गते फिर्ता लिइसकेका अवस्थामा उनी अल्पमतमा परेकाले राजीनामा दिइ मार्गप्रशस्त गर्न आग्रह गरे । प्रमुख सचेतक भण्डारीले भने, “अल्पमतमा परेपछि शासन गर्ने अधिकार रहँदैन ।”
प्रदेशसभा सदस्यद्वय गणेश उप्रेती र किशोरचन्द्र दुलालले प्रस्तावमा समर्थन जनाउँदै माओवादी केन्द्रको समर्थनबाट मुख्यमन्त्री पदमा निर्वाचित कार्कीले सोही दलले विश्वासको मत फिर्ता लिइसकेपछि राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे ।
प्रदेशसभामा यो पहिलोपटक सङ्कल्प प्रस्ताव प्रस्तुत भएको हो । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण