पाँच रन बनाउँदै पेभेलियन फर्किए कप्तान रोहित
शुक्रबार, ०७ वैशाख २०८१, १२ : २७
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहित १८ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किए । उनलाई यूएईका बलर अली नासिरले विकेटकिपर सैयद हैदरद्वारा क्याच गराएका थिए । सातौँ ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले ३८ रन बनाएको छ ।
यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण