पाँच रन बनाउँदै पेभेलियन फर्किए कप्तान रोहित
शुक्रबार, ०७ वैशाख २०८१, १२ : २७

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहित १८ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किए । उनलाई यूएईका बलर अली नासिरले विकेटकिपर सैयद हैदरद्वारा क्याच गराएका थिए । सातौँ ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले ३८ रन बनाएको छ ।
यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक