बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पासवर्ड बाँडेर चलाउन रोकेपछि बढ्यो नेटफ्लिक्सको मुनाफा

neet
शुक्रबार, ०७ वैशाख २०८१, १२ : ४२
शुक्रबार, ०७ वैशाख २०८१

क्यालिफोर्निया । स्ट्रिमिङ सर्भिस प्रदायक कम्पनी नेटफ्लिक्सको मुनाफा बढेको छ । सब्सक्राइबरले आफूले किनेको पासवर्ड अरूलाई पनि चलाउन दिने अर्थात् पासवर्ड शेयररिङमा कडाई गरेपछि कम्पनीको मुनाफा बढेको हो । 

कम्पनीले बताएअनुसार यस वर्षको पहिलो तीन महिनामा नेटफ्लिक्समा ९३ लाख नयाँ ग्राहक थपिएका छन् । योसँगै कूल सब्सक्राइबर सङ्ख्या झन्डै २७ करोडमा पुगेको छ ।

पहिलो त्रैमासमा कम्पनीको मुनाफा बढेर २ अर्ब ३० करोड डलरभन्दा माथि उक्लिएको बताइएको छ । गत त्रैमासमा कम्पनीले ९ अर्ब ३७ करोड डलर आम्दानी गरेको छ । यो गएको वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत धेरै हो । 

कम्पनीले आगामी वर्षदेखि सब्सक्राइबर सङ्ख्याको रिपोट दिन बन्द गर्दै छ । सब्सक्राइबर बढ्ने क्रम सुस्ताएपछि फेसबुकको मातृ कम्पनी मेटा र माइक्रो ब्लगिङ वेबसाइट एक्सले पनि मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या जारी गर्न बन्द गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप