पासवर्ड बाँडेर चलाउन रोकेपछि बढ्यो नेटफ्लिक्सको मुनाफा
क्यालिफोर्निया । स्ट्रिमिङ सर्भिस प्रदायक कम्पनी नेटफ्लिक्सको मुनाफा बढेको छ । सब्सक्राइबरले आफूले किनेको पासवर्ड अरूलाई पनि चलाउन दिने अर्थात् पासवर्ड शेयररिङमा कडाई गरेपछि कम्पनीको मुनाफा बढेको हो ।
कम्पनीले बताएअनुसार यस वर्षको पहिलो तीन महिनामा नेटफ्लिक्समा ९३ लाख नयाँ ग्राहक थपिएका छन् । योसँगै कूल सब्सक्राइबर सङ्ख्या झन्डै २७ करोडमा पुगेको छ ।
पहिलो त्रैमासमा कम्पनीको मुनाफा बढेर २ अर्ब ३० करोड डलरभन्दा माथि उक्लिएको बताइएको छ । गत त्रैमासमा कम्पनीले ९ अर्ब ३७ करोड डलर आम्दानी गरेको छ । यो गएको वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत धेरै हो ।
कम्पनीले आगामी वर्षदेखि सब्सक्राइबर सङ्ख्याको रिपोट दिन बन्द गर्दै छ । सब्सक्राइबर बढ्ने क्रम सुस्ताएपछि फेसबुकको मातृ कम्पनी मेटा र माइक्रो ब्लगिङ वेबसाइट एक्सले पनि मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या जारी गर्न बन्द गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण