मन्त्री श्रेष्ठद्वारा गेटामा विश्वविद्यालयको भवन अवलोकन
धनगढी । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले कैलालीको गेटामा विश्वविद्यालय बनाउन निर्माण गरिएको भौतिक संरचनाहरुको स्थलगत अवलोकन गरेकी छिन् । मन्त्री श्रेष्ठले आज बिहान निर्माण गर्ने भनिएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भवनको पछिल्लो अवस्थाबारे बुझ्न अवलोकन गरेकी हुन् ।
गेटामा सरकारले २०७९ माघ २९ गते विश्वविद्यालय बनाउने घोषणा गरिसकेको छ । तर, त्यसको २ वर्ष अघि नै करोडौँ लगानी गरेर निर्माण भइसकेका भवन भने हाल सम्म पनि प्रयोगविहीन छन् ।
यस बिचमा वर्तमान प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरूले पटक–पटक अवलोकन गर्ने क्रम भने जारी रहेको छ । आइतबार गेटामा पुगेकी मन्त्री श्रेष्ठले गेटामा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना बनाएर अगाडि बढ्ने बताइन् ।
उनले मेडिकल कलेज सञ्चालनका लागि ३ सय शय्याको अस्पताल सञ्चालन गरेर ६० प्रतिशत अक्युपेन्सी आवश्यक पर्ने भएकाले त्यसका विषयमा के गर्ने भन्ने योजना बनाउनु पर्ने बताइन् ।हाल गेटामा १ सय शय्याको अस्पताल मात्रै सञ्चालनमा रहेको छ । जसले ओपिडी सेवा मात्रै दिँदै आएको छ ।
अवलोकनमा आएकी मन्त्री श्रेष्ठलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले तत्काल विश्वविद्यालय सञ्चालनको माग गर्दै ज्ञापन पत्र समेत बुझाएको थियो ।
सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सङ्घीय संसद्को आगामी अधिवेशनमा स्वास्थ्य विज्ञान विश्व विद्यालय सम्बन्धी विधेयक पास गरी यथाशीघ्र ६ सय शय्याको अस्पताल सञ्चालन गर्न माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण