सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘यातायातको कर्मचारी हुँ’ भनेर ठगेको आरोपमा युवक पक्राउ

आइतबार, ०९ वैशाख २०८१, ११ : ०२
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । यातायातको कर्मचारी हुँ भनेर ठगेको आरोपमा ललितपुरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–२ बस्ने वर्ष ३५ वर्षीय राजु परियार छन् ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट गाडीको लाइसेन्स बनाइदिन्छु भनेर उनले रकम असुल्ने गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए ।

आरोपी विरुद्ध ५ जनाले सामूहिक जाहेरी दिएका छन् । सवारी चालक अनुमति पत्र बनाइदिन्छु भनेर आरोपीले १० हजार देखी २५ हजार सम्म लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

उनीविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम ललितपुर जिल्ला अदालतबाट ५ को म्याद लिएर अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप