‘यातायातको कर्मचारी हुँ’ भनेर ठगेको आरोपमा युवक पक्राउ
आइतबार, ०९ वैशाख २०८१, ११ : ०२
काठमाडौँ । यातायातको कर्मचारी हुँ भनेर ठगेको आरोपमा ललितपुरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–२ बस्ने वर्ष ३५ वर्षीय राजु परियार छन् ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट गाडीको लाइसेन्स बनाइदिन्छु भनेर उनले रकम असुल्ने गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए ।
आरोपी विरुद्ध ५ जनाले सामूहिक जाहेरी दिएका छन् । सवारी चालक अनुमति पत्र बनाइदिन्छु भनेर आरोपीले १० हजार देखी २५ हजार सम्म लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
उनीविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम ललितपुर जिल्ला अदालतबाट ५ को म्याद लिएर अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण