लिभरपुल विजयी भएसँगै उपाधि होड रोचक
सोमबार, १० वैशाख २०८१, ०७ : ३६
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । योसँगै उपाधिका लागि शीर्ष स्थानको भिडन्त रोचक बनेको छ ।
लिगमा ३३ खेल सकिँदा आर्सनल र लिभरपुल दुवैले ७४ अङ्क बनाएका छन् भने एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७३ अङ्कसहित तेस्रो स्थानमा छ ।
फुलह्यामको मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई ३–१ ले हरायो । खेलको ३२औँ मिनेटमा ट्रेन्ट अलेक्सान्दर आर्नोल्डले लिभरपुललाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा टिमोटी कास्टाग्नेले गोल गर्दै पहिलो हाफअघि खेल बराबरीमा पुर्याए ।
दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलका लागि ५३औँ मिनेटमा रायन ग्राभेनबर्च र ७२औँ मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई उपाधिको होडमा मजबुत बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण