रेसिङ कार अनियन्त्रित हुँदा श्रीलङ्कामा सात जनाको मृत्यु
सोमबार, १० वैशाख २०८१, १० : ११

कोलम्बो । श्रीलङ्कामा आइतबार एक रेसिङ प्रतियोगिताका क्रममा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । यस घटनामा १८ जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार यो दुर्घटना श्रीलङ्काको सेन्ट्रल हिल्स क्षेत्रमा भएको हो । मृत्यु हुनेमा रेस आयोजना गर्ने अधिकारी, दर्शक र ८ वर्षीया बालिका रहेको सेनाले जनाएको छ । रेस श्रीलङ्काली सेनाले दियातलावामा आयोजना गरेको थियो र यो श्रीलङ्काली सेनाको २८ औँ कार्यक्रम थियो ।
रेस प्रतियोगिता हेर्न करिब एक लाख दर्शक पुगेका थिए । तर, यो दुर्घटनापछि कार्यक्रम बिचमै रद्द भएको थियो । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते