मापसे सेवन गरेर एम्बुलेन्स चलाएको आरोपमा पक्राउ
सिरहा । मादक पदार्थ सेवन(मापसे) गरेर एम्बुलेन्स चलाएको आरोपमा चालक पक्राउ परेका छन् । स १ च ६९१ नम्बरको एम्बुलेन्स चालक लहान नगरपालिका–१ का ३२ वर्षीय दिनेश कुमार दास पक्राउ परेका हुन् ।
उनलाई मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएको आरोपमा पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गतको अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुक्ति नाथ सापकोटाले जानकारी दिए ।
सूर्य ज्योति विकास समाजको नाम रहेको एम्बुलेन्स चालकलाई चेक गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएको बताउँदै डिएसपी सापकोटाले भने, ‘पछिल्लो समय मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउँदा दुर्घटना बढ्न थालेपछि बिरामी नबोकेको अवस्थामा उनीहरूमा पनि मापसे परीक्षण गर्न थालेका छौँ ।’
कुनै एम्बुलेन्स चालकले मापसे वा लापसे गरेको थाहा पाए प्रहरीलाई खबर गर्न आग्रह गर्दै डिएसपी सापकोटाले भने, ‘एम्बुलेन्स एउटा संवेदनशील वाहन हो। कसैको ज्यान बचाउनका लागि चाँडोभन्दा चाँडो अस्पताल सहज रुपमा पुर्याउनु पर्ने हुन्छ । तर, उनीहरू मापसे र लापसे गरेर सवारी चलाउँदा गाडीभित्र र बाहिरका मानिसहरू उच्च जोखिममा हुन्छन् ।’
यस आर्थिक वर्षको हालसम्म मापसे लगायत विभिन्न शीर्षकमा २५ जनाभन्दा बढी एम्बुलेन्स चालकलाई कारबाही गरेको जिल्ला ट्राफिक कार्यालय लहानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण