सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘कल्कि २८९८’ मा अमिताभ बने अश्वथात्मा

सोमबार, १० वैशाख २०८१, ११ : ५३
सोमबार, १० वैशाख २०८१

नयाँ दिल्ली । सुपरस्टार अमिताभ बच्चनको फिल्म ‘कल्की २८९८ एडी’ को फर्स्ट लुक टिजर सार्वजनिक भएको छ । १ मिनेटको यस टिजरमा अमिताभ गुरु द्रोणाचार्यका छोरा अश्वथात्माको भूमिकामा देखिएका छन् ।

‘म गुरु द्रोणका छोरा अश्वथात्मा हुँ’

टिजरमा अमिताभ एउटा सानो बच्चासँग कुरा गरिरहेका देखिन्छन् । उनले बच्चालाई को हो भनेर सोध्छन् । बच्चा भगवान् शिवको पूजा गरिरहेका अमिताभकहाँ आएर आफू राया हुँ भन्दै परिचय दिन्छ । त्यसपछि बच्चाले अमिताभलाई तपाईं को हो ? के यो मन्दिर हो ? तपाईं भगवान् हो ? भनेर प्रश्न सोध्छ ।

बच्चालाई जवाफ दिने क्रममा अमिताभ भन्छन्, ‘सुन त मेरो पालो आयो । मेरो अन्तिम युद्धको समय आयो ।’ यसपछि बालकले तिमी को हौ ? भनेर सोध्छ । टिजरको अन्त्यमा अमिताभले द्वापर युगदेखि नै दशौं अवतारको प्रतीक्षा गरिरहेको र आफू गुरु द्रोणका छोरा अश्वथात्मा भएको बताउँछन् ।

डि–एजिङ टेक्नोलोजीले जवान देखिए अमिताभ

एक मिनेटको यस टिजरको सबैभन्दा खास कुरा अमिताभ बच्चनको युवा लुक हो । यो दृश्य डि–एजिङ टेक्नोलोजीमार्फत खिचिएको थियो । फिल्ममा अमिताभले निर्वाह गरेको चरित्र अश्वथात्माको युवावस्थाको कथा देखाइएको हुनसक्ने अनुमान छ ।

प्रभास, दीपिका र कमल हसन पनि मुख्य भूमिकामा

फिल्ममा अमिताभ बाहेक अलावा प्रभास, कमल हासन, दीपिका पादुकोण र दिशा पटानीजस्ता कलाकार पनि देखिनेछन् । गत वर्ष अमेरिकामा आयोजित सान डिएगो कमिक कोनमा निर्माण पक्षले यस फिल्मको टिजर सार्वजनिक गरेको थियो ।

नयाँ रिलिज मिति घोषणा हुन बाँकी

फिल्म यसै वर्षको मे ९ मा कयौँ भाषामा रिलिज हुने भनिएको थियो । तर यसको रिलिज मितिलाई पछाडि सारिएको छ । निर्माण पक्षले यसको नयाँ रिलिज मिति भने घोषणा गरेको छैन । ६ सय करोडमा बनेको ‘कल्की २८९८’ बजेटका हिसाबले यो वर्षकै सबैभन्दा महँगो फिल्म हो । यसलाई तेलुगु सिनेमाका चर्चित निर्देशक नाग अश्विनले बनाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप