आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर

मन्त्री फिर्ता हुँदैनन्, मन्त्रालय पुनः विभाजन हुनपर्‍यो
बिहीबार, १३ वैशाख २०८१, १७ : ४४
बिहीबार, १३ वैशाख २०८१

हेटौँडा । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई काउन्टर गर्दै निर्णय गरेको छ । विना विभागीय मन्त्री व्यवस्थापन गर्न कठिनाइ परिरहेका बखत मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीले काउन्टर गर्दै निर्णय गरेको हो ।

एकीकृत समाजवादीको संसदीय दलको बिहीबार हेटौँडामा बसेको बैठकले अहिले कै अवस्थामा मन्त्रालयको भागबन्डा स्वीकार्न नसक्ने भन्दै मन्त्रालय पुनः विभाजन गर्नुपर्ने निर्णय गरेको छ । मन्त्रालय पुनः विभाजन गरी पावर सेयरिङ सन्तुलित गरेर मात्र अघि बढ्ने बैठकले निर्णय गरेको संसदीय दलको नेता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

उनका अनुसार १२ मन्त्रालय कायम गरे मन्त्री फिर्ता नबोलाउने र सरकारमा सहभागी भएका ३ मन्त्रीको सम्मानजनक व्यवस्थापन गरिनुपर्ने निर्णय गरेको छ । सरकारमा सहभागी विना विभागीय मन्त्रीको एक साताभित्र विभाग तोक्नुपर्ने र मन्त्रालयको सङ्ख्या बढाउनेमा सहमत नजनाउने निर्णय गरेको उनले बताए ।

मन्त्रालयको सङ्ख्या घटाएको खण्डमा सत्तारुढ दलहरू कै अनुसार भाग लिने र मन्त्री फिर्ता बोलाउन एकीकृत समाजवादी तयार रहेको उनले बताए । बैठकले नीति निर्माण र बजेट कार्यक्रममा सम्मानजनक सहभागिता हुनुपर्ने र संवैधानिक नियुक्तिमा समान अवसर कायम गरिनुपर्ने निर्णय गरेको नो शर्माले बताए ।

बैठकको निर्णयहरू लिखित रूपमा मुख्यमन्त्रीलाई पेस गर्ने तयारी रहेको उनले बताए । मुख्यमन्त्री हेटौँडा बाहिर रहेकाले निर्णय बुझाउन नपाएको र मुख्यमन्त्री हेटौँडा फर्किएलगत्तै निर्णय बुझाउने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप