‘उपनिर्वाचनले एमाले जनताको भरपर्दो राजनीतिक शक्ति हो भन्ने पुष्टि गर्यो’
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनले आफ्नो पार्टी नेपाली जनताको सबैभन्दा भरपर्दो शक्ति भएको सन्देश दिएको बताएका छन् । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी भएलगत्तै उनले सो प्रतिक्रिया दिएका हुन् ।
मंगलबार न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उपमहासचिव रिमालले कोशी प्रदेश नामकरणको सन्दर्भमा पनि एमालेले लिएको अडानलाई जनताले अनुमोदन गरेको तर्क गरे । कोशी प्रदेशको नामकरण गलत भन्नेहरू, त्यस सन्दर्भमा चपाएर बोल्नेहरू उपनिर्वाचनमा हारेको र कोशी प्रदेश नामकरण ठिक छ भन्ने एमालेको एजेण्डालाई उपनिर्वाचनमार्फत जनताले अनुमोदन गरेको उनको भनाई थियो ।
उपमहासचिव रिमालले उपनिर्वाचनको मत परिणाम सहज र उत्साहजनक रूपमा आएको उल्लेख गर्दै एमालेले भन्दै आएको एजेण्डाको आधारमा दलहरूलाई जनताले चुन्न पाउनुपर्छ भन्ने अडान पनि उपनिर्वाचनले सही छ भन्ने सन्देश दिएको जिकिर गरे । उनले उपनिर्वाचनले सुदूरपश्चिम प्रदेश सरकार स्थिर हुने सम्भावना बढेर गएको र पूर्वमा एकल जातीय पहिचानको अर्थहीन बहस र विवाद अन्त्य हुने अवस्था आएको बताए ।
उपमहासचिव रिमालले भने, ‘ हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक देशमा सबै जातजाति, भाषाभाषी जनजातिहरूको समान सम्मान हुनुपर्छ भन्ने हाम्रो मत सही थियो । त्यसै कारणले कोशी प्रदेश नामकरणमा हामीले साझा नाम राखेका थियौँ । जसले कोशी गलत छ भन्नुभयो, उहाँहरू धेरै तल पर्नुभयो । जसले कोशीको सन्दर्भमा चपाएर बोल्नुभयो, उहाँहरू पनि हार्नु भयो । जसले कोशी राख्नु ठिक थियो भन्ठान्यो, त्यो चाहिँ अनुमोदित भयो । त्यो कारणले गर्दाखेरी कोशी प्रदेशको सन्दर्भमा त यो जनमत संग्रहमा पनि एमालेले आफूले पक्षपोषण गरेको विषय चाहिँ ठिक रहेछ भन्ने पुष्टि गर्नसक्यो । त्यसकारणले गर्दा यो उपनिर्वाचनले २÷३ वटा म्यासेज र २÷३ वटा निर्णायक काम गरेको छ । सुदूरपश्चिममा सरकार स्थिर हुनसक्ने सम्भावना दिएको छ । किनभने एउटा सिटले गर्दाखेरी हामीले एक सिट जित्न साथै सुदूरपश्चिममा सरकारको स्थिर हुने सम्भावना बढेर गएको छ । पूर्वमा हेर्दाखेरी जुन कृत्रिम ढंगको बहस र विवाद थियो । त्यो अव अन्त्य हुने दिशातर्फ गएको छ । र एमालेले मिसन २०८४ भनिरहँदाखेरी एमालेलाई भर पर्न उचित होला नि नहोला ? अरू पो छन् कि भरपर्दा भन्ने हिसाबले जनतामा आउन सक्ने एक किसिमको दुबिधालाई चाहिँ यो निर्वाचनले चाहिँ एमाले भरपर्दो शक्ति हो । र, मिसन २०८४ त्यही तरिकाले पूरा गर्नुपर्छ भन्ने कुरालाई चाहिँ यसले दिएको सन्देश हो जस्तो लाग्छ ।’
उपमहासचिव रिमालले कांग्रेस र एमालेबिच तत्काल सत्ता सहकार्य हुने सम्भावना नरहेको बताए । उनले शेरबहादुर देउवा प्रधानमन्त्री हुने भएपनि त्यसो गर्न जरुरी नरहेको बताए ।
उपमहासचिव रिमालले एमाले वर्तमान सत्ता समीकरणलाई पूरै कार्यकाल कायमै राखेर अघि बढ्न लागिपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण