दयाहाङ नजिकिएपछि प्रियंकाको बढ्यो धड्कन (भिडियो)
काठमाडौं । प्रदर्शनमा आउँन दुई दिन बाकी हुँदा चलचित्र ‘ह्याप्पी डेज’ले नयाँ गीत सार्वजनिक गरेको छ । ‘सुस्त यो...’ बोलको सार्वजनिक गीतमा दयाहाङ राई र प्रियंका कार्कीको अभिनय रहेको छ ।
नरेश भट्टराईको शब्द तारा प्रकाशको संगीत रहेको गीतमा तारा र दीपा लामाको स्वर सुन्न सकिन्छ । गीतमा प्रियंका र दयाहाङको जोडी राम्रो देखिएको छ ।
मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरले मिलेर बनाएको हो । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्सलगायतका कलाकारको अभिनय छ ।
पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको वैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा चलचित्रले बोल्छ । २ करोड ५० लाख लगत खर्च बताइएको चलचित्रका वीपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता हुन् ।
चलचित्र लन्डन, नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्डलगायतका देशमा खिचिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण