सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

चालक दलका सिनियर सदस्यले सामूहिक रुपमा बिरामी बिदा लिएपछि ७० भन्दा बढी उडान रद्द

बुधबार, २६ वैशाख २०८१, ११ : १८
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । चालक दलका सिनियर सदस्यले सामूहिक रुपमा बिरामी बिदा लिएपछि एयर इन्डिया र एयर इन्डिया एक्सप्रेस एयरलाइन्सका ७० भन्दा बढी उडान रद्द भएका छन् ।

मंगलबार रातिदेखि बुधबार बिहानसम्म ७० भन्दा बढी उडान रद्द भएको जनाइएको छ । बुधबार दिउँसो पनि उडान रद्द हुन सक्ने अनुमानसहित दुवै एयरलाइन्सले यात्रीलाई आफ्नो विमानको उडानसम्बन्धी पूर्वजानकारी लिएरमात्र विमानस्थल आउन सूचित गरेका छन् ।

एयर इन्डिया र एयर इन्डिया एक्सप्रेस एयरलाइन्स आपसमा गाभिन लागेका छन् । त्यसैले दुवै एयरलाइन्सका कर्मचारीहरू आफ्नो जागिर धरापमा पर्न लागेको भन्दै विरोधमा उत्रिएको जनाइएको छ ।

एयर इन्डिया एक्सप्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रा सिनियर क्रुको एउटा वर्गले हिजो राति अन्तिम क्षणमा बिरामी भएको सूचना दिएका कारण उडानमा ढिला भयो भने कयौँ उडान रद्द गरियो । हामी यो घटनाको पछाडि रहेका कारण बुझ्नका लागि क्रु मेम्बरसँग कुरा गरिरहेका छौँ । यात्रीहरूमा हुने असुविधा कम गर्नका लागि हाम्रो टिमले तीव्र रुपमा काम गरिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप