चालक दलका सिनियर सदस्यले सामूहिक रुपमा बिरामी बिदा लिएपछि ७० भन्दा बढी उडान रद्द
काठमाडौँ । चालक दलका सिनियर सदस्यले सामूहिक रुपमा बिरामी बिदा लिएपछि एयर इन्डिया र एयर इन्डिया एक्सप्रेस एयरलाइन्सका ७० भन्दा बढी उडान रद्द भएका छन् ।
मंगलबार रातिदेखि बुधबार बिहानसम्म ७० भन्दा बढी उडान रद्द भएको जनाइएको छ । बुधबार दिउँसो पनि उडान रद्द हुन सक्ने अनुमानसहित दुवै एयरलाइन्सले यात्रीलाई आफ्नो विमानको उडानसम्बन्धी पूर्वजानकारी लिएरमात्र विमानस्थल आउन सूचित गरेका छन् ।
एयर इन्डिया र एयर इन्डिया एक्सप्रेस एयरलाइन्स आपसमा गाभिन लागेका छन् । त्यसैले दुवै एयरलाइन्सका कर्मचारीहरू आफ्नो जागिर धरापमा पर्न लागेको भन्दै विरोधमा उत्रिएको जनाइएको छ ।
एयर इन्डिया एक्सप्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रा सिनियर क्रुको एउटा वर्गले हिजो राति अन्तिम क्षणमा बिरामी भएको सूचना दिएका कारण उडानमा ढिला भयो भने कयौँ उडान रद्द गरियो । हामी यो घटनाको पछाडि रहेका कारण बुझ्नका लागि क्रु मेम्बरसँग कुरा गरिरहेका छौँ । यात्रीहरूमा हुने असुविधा कम गर्नका लागि हाम्रो टिमले तीव्र रुपमा काम गरिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण