वैदेशिक रोजगारसम्बन्धी कानुन परिमार्जन गरिने
काठमाडौँ । सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गरिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारसँग सम्बन्धित कानुनहरू परिमार्जन गर्ने बताएका हुन् ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सम्बद्ध कानुनमा परिमार्जन गरिने बताएका हुन् । सरकारले वैदेशिक रोजगार ऐन, २०६४, नियमावली, लगायतका ऐन कानुनलाई समयानुकूल परिमार्जन गर्ने जनाएको हो ।
त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक तयारी गर्दै आएको छ ।
त्यस्तै वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्नका लागि श्रम गन्तव्यको स्थानान्तरण गर्ने नीति लिइने बताए । वैदेशिक रोजगारीमा जानु पूर्वको अभिमुखीकरण तालिमलाई क्रमशः निःशुल्क बनाइने बताए ।
त्यस्तै सीप विना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गरिने राष्ट्रपति पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण