लोकसेवा आयोगको वेबसाइटमा समस्या, परीक्षार्थीलाई प्रवेश पत्र निकाल्न हैरानी
बुधबार, ०९ जेठ २०८१, १० : ४९
काठमाडौँ । लोकसेवा आयोगको वेबसाइटमा समस्या देखिँदा परीक्षार्थीहरूले सास्ती खेपिरहेका छन् । मंगलबारदेखि वेबसाइटबाट एडमिट कार्ड निकाल्न नमिलेपछि परीक्षार्थीहरू सङ्कटमा परेका हुन् ।
आज दिउसो १ बजेदेखि कृषि समूह पाचौं संघको परीक्षा रहे पनि एडमिट कार्ड झिक्न नमिल्दा विद्यार्थीहरू अन्योलमा परेका हुन् । आयोगको कार्यालयमा गुनासो गर्दा पनि समस्या समाधानतर्फ कुनै पहल नभएको विद्यार्थीहरूको आरोप छ ।
यस विषयमा आयोगकी प्रवक्ता गीताकुमारी होमागाईले समस्या देखिएमा समाधानको पहल गर्ने बताइन् । 'यस्ता समस्या बेलाबेलामा देखिने गरेको छ । आज पनि समस्या देखिएको हुन सक्छ, हामी हेर्छौ' उनले भनिन् 'विद्यार्थीले पनि पहिल्यै एडमिट कार्ड नलिँदा समस्या देखिएको हो, यो समस्याको समाधान खोजिनेछ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण