केजरीवाललाई पिट्ने धम्कीसहितको म्यासेज लेख्ने युवक पक्राउ
नयाँ दिल्ली । दिल्ली मेट्रोको स्टेसन र रेलभित्र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पिट्ने धम्कीसहितको म्यासेज लेख्ने युवकलाई प्रहरीले समातेको छ । युवकले सो म्यासेज लेखिरहेको बेलाको दृश्य सीसीटीभी कैद भएको छ ।
प्रहरीका अनुसार आरोपी बरेलीबाट ग्रेटर नोएडामा घरको दर्ता गराउन आएका थिए । अङ्कित गोयल नाम गरेका ती युवकको उमेर ३२ वर्ष भएको बताइएको छ । दिल्ली मेट्रोबाट यात्रा गर्दाखेरि उनले केजरीवालको नाममा धम्कीपूर्ण म्यासेज लेखेका थिए । युवक चर्चित बैङ्कका कर्मचारी भएको बताइएको छ ।
उनी कुनै राजनीतिक दलसँग पनि नजोडिएको बताइएको छ । उनको मानसिक हालत ठिक नभएको हुन सक्ने अनुमान गरिएको छ । यसको पुष्टि गर्न मेडिकल जाँच गराइने बताइएको छ । १९ मेमा पटेल नगर र राजीव चोक मेट्रो स्टेसन र अर्को एक ट्रेन कोचमा केजरीवालको नाममा अङ्ग्रेजीमा धम्कीपूर्ण सन्देश लेखिएको थियो ।
आम आदमी पार्टी (आप) ले पत्रकार सम्मेलन गर्दै भारतीय जनता पार्टी र प्रधानमन्त्री कार्यालयमाथि केजरीवालको हत्या गराउने षडयन्त्र रचेको आरोप लगाएको थियो । यस मामिलामा दिल्ली प्रहरीको मेट्रो युनिटले एफआईआर दायर गरेर छानबिन गरिरहेको छ । युवकको पहिचान सीटीटीभी फुटेजको आधारमा गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण