इन्डोनेसियामा नेपालका प्रवीणलाई ‘क्लासी मोडल युनिभर्स’को उपाधि
काठमाडौँ । इन्डोनेसियाको बालीमा आयोजना भएको अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘क्लासी मोडल इन्टरनेशनल २०२४’मा नेपालका प्रवीण पाठकले ‘क्लासी मोडल युनिभर्स’को उपाधि हात पारेका छन् । प्रतियोगितामा पुरुष तर्फको उपाधि पाठकले जित्दा महिला तर्फका ‘क्लासी मोडल युनिभर्स’ श्रीलङ्काले हात पारेको थियो ।
विभिन्न २० भन्दा बढी देशको सहभागिता रहेको प्रतियोगितामा पाठकले मोष्टपपुलर र बेष्ट इन सेमी फरमल उपाधि समेत हात पारेका छन् ।
१५ देखि १९ मेसम्म आयोजना भएको प्रतियोगितामा उनी नेपालको एक्लो सहभागी थिए । ‘मिस्टर नेपाल २०२३’ को उत्कृष्ट १० भित्र पर्न सफल उनी नेपालको एक्लो प्रतिनिधित्व हुन् ।
२९ बर्षका दमक झापा निवासी पाठकले मिस्टर नेपालको अलावा अन्य विभिन्न प्रतियोगितामा पनि सहभागी भएका छन् । पाठम पुर्वाञ्चल माबि दमकका निर्देशक हुन् । कार्यक्रममा पाठकले नेपाली विभिन्न कला संस्कृतिसहितको विभिन्न प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण