कांग्रेसले १३ गते काठमाडौँमा प्रदर्शन गर्ने
काठमाडौँ । नेपाली कांग्रेसले यही जेठ १३ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले १३ गते २ बजे काठमाडौँ जिल्ला समितिको संयोजनमा विशेष प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘आन्दोलनको कार्यक्रम जेठ ११ गतेका लागि प्रस्तावित भएपनि तयारी नपुग्ने भएपछि १३ गतेका लागि तय गरिएको छ ।’ कांग्रेसले काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा प्रदर्शनी मार्गमा आन्दोलन गर्ने भएको हो ।
सहकारीमा अर्बौं रुपैयाँ दुरुपयोग भएको भन्दै प्रवक्ता प्रवक्ता महतले सरकार छानबिन गर्न तयार नभएपछि आफूहरू सडकमा आउन लागेको बताए । उनले भने,‘गिरिबन्धु टी–स्टेटमा भएको नीतिगत भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने छौँ । अदालतको आदेश कार्यान्वयनमा सरकारलाई खबरदारी गर्छौं ।’
कांग्रेसले संसदीय छानबिन समिति गठन गरी सहकारीको रकम अपचलनबारे निरूपण हुनुपर्ने माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण