इमरान खानको पार्टी कार्यालयमा चल्यो बुलडोजर
शुक्रबार, ११ जेठ २०८१, १३ : ५६
इस्लामवाद । इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को केन्द्रीय सचिवालयमा बुलडोजर चलेको छ । राजधानी विकास प्राधिकरण (सीडीए) ले इस्लामवादमा रहेको पार्टीको सचिवालय भत्काएको हो । इमरान खानले सो कार्यको विरोध गरेका छन् ।
वर्तमान सरकारले राजनीतिक दलको कार्यालयको गरिमा हनन् गरिरहेको उनको भनाइ छ । बिहीबार सीडीएको अतिक्रमण विरोधी टोलीले अवैध निर्माण तथा अतिक्रमण हटाउने अभियान चलाएको थियो ।
पीटीआई सचिवालयको एक भाग भत्काइएको थियो । जानकारीका अनुसार अतिक्रमण विरोधी टोलीले जिल्ला प्रशासनसँग मिलेर पीटीआईको मुख्यालयमा ताल्चा लगाइदिएको थियो । पीटीआईका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमती जेलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण