बीसीसीआईद्वारा रिकी पोन्टिङ र जस्टिन लेंगरको भनाइको खण्डन
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले राष्ट्रिय टोलीको प्रशिक्षक पदका लागि आफूहरूले कुनै पनि अस्ट्रेलियन क्रिकेटरसँग सम्पर्क नगरेको दाबी गरेका छन् ।
अस्ट्रेलियाका दुई पूर्वखेलाडी जस्टिन लेंगर र रिकी पोन्टिङको धारणा सार्वजनिक भएपछि जय शाहले त्यसको खण्डन गरेका हुन् । अस्ट्रेलियाका पूर्वकप्तान पोन्टिङ र लेंगरले बीसीसीआई आफूहरुलाई भारतीय टोलीको प्रशिक्षक बन्न प्रस्ताव राखेको बताएका थिए ।
त्यसको खण्डन गर्दै बीसीसीआईका सचिव जय शाहले आफूहरूले कुनै पनि अस्ट्रेलियन क्रिकेटलाई यस्तो प्रस्ताव नराखेको बताएका हुन् । ‘बीसीसीआईले वा मैले व्यक्तिगत रूपमा कुनै पनि अस्ट्रेलियन क्रिकेटरलाई भारतीय टोलीको प्रशिक्षक बन्न प्रस्ताव राखेका छैनौँ । अहिले भाइरल भइरहेको समाचार सरसर गलत हो,’ उनले भनेका छन् ।
पोन्टिङ हाल इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सका प्रशिक्षक हुन् । उनले केही समयअघि आफूलाई प्रमुख प्रशिक्षक बन्न बीसीसीआईबाट प्रस्ताव आएको बताएका थिए । ‘बीसीसीआईबाट मलाई प्रस्ताव आएको थियो । तर, अहिले म त्यसका लागि तयार छैन । मैले यही जवाफ दिएको थिएँ,’ उनले भनेका थिए ।
लेंगर भने हाल आईपीएल क्लब लखनउ सुपर जाइन्ट्सका प्रशिक्षक हुन् । उनले पनि सञ्चारकर्मीसँग यस्तै दाबी गरेका थिए । ‘मलाई पनि बीसीसीआईबाट प्रशिक्षक बन्न प्रस्ताव आएको थियो । तर, अहिले म यो जिम्मेबारी लिन तयार छैन,’ उनले भनेका थिए ।
बीसीसीआईले भारतीय टोलीको प्रमुख प्रशिक्षक पदका लागि यसअघि नै सार्वजनिक रूपमा प्रस्ताव आव्हान गरिसकेको छ । उक्त पदका लागि आवेदन गर्ने अन्तिम मिति मे २७ तारिखसम्म रहेको छ । नयाँ आउने प्रशिक्षकको कार्यकाल सन् २०२४ को जुलाईदेखि सन् २०२७ सम्म रहने छ ।
हाल भारतीय टोलीका प्रमुख प्रशिक्षक राहुल द्रविड हुन् । जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपपछि उनको कार्यकाल सकिँदैछ । उनी सन् २०२१ मा भारतीय टोलीको प्रशिक्षक बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण