महाभारत गाउँपालिकाको बेरुजु शून्य
काभ्रे । आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षणमा काभ्रेको महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको छ । आइतबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनमा महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको हो ।
प्रतिवेदन अनुसार महाभारत गाउँपालिका पछि पनौती नगरपालिका कम बेरुजुमा परेको छ भने रोशी गाउँपालिका तेस्रो स्थानमा रहेको छ । महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरीक्षण गरेकोमा बेरुजु शून्य रहेको छ भने पनौती नगरपालिकाले २ अर्ब ६६ करोड ५९ लाख ९७ हजारको लेखापरीक्षण गरेकोमा ०.१६ प्रतिशत (४२ लाख ४ हजार रुपैयाँ) बेरुजु रहेको छ ।
त्यस्तै कम बेरुजुमा तेस्रो रहेको रोशी गाउँपालिकाले एक अर्ब ८२ करोड ५१ लाख ४७ हजार रुपैयाँको लेखापरीक्षण गरेकोमा ०.२२ प्रतिशत (४० लाख ७७ हजार रुपैयाँ) बेरुजु रहेको छ ।
काभ्रेको स्थानीय तहहरूमा सबै भन्दा बढी बेरुजु भूम्लु गाउँपालिको रहेको छ । जसको आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब २० करोड ६९ लाख ४ हजार रुपैयाँको लेखापरीक्षक गरेकोमा ४.२३ प्रतिशत (५ करोड ९ लाख ९४ हजार रुपैयाँ) बेरुजु रहेको छ ।
नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ५६ करोड ८८ लाख ९० हजार रुपैयाँको लेखापरीक्षक गरेकोमा ३.२६ प्रतिशत (५ करोड ११ लाख ६९ हजार रुपैयाँ) बेरुजु रहेको छ । त्यसैगरी पाँचखाल नगरपालिकाको १ अर्ब ८५ करोड ५८ लाख ४३ हजारको लेखापरीक्षक गरेकोमा १.९९ प्रतिशत (३ करोड ६९ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
चौरीदेउरालीको १ अर्ब १ करोड ८३ लाख ८१ हजार रुपैयाँको लेखापरीक्षकमा बेरुजु १.७९ (१ करोड ८२ लाख ७३ हजार रुपैयाँ) , धुलिखेल नगरपालिकाको १ अर्ब ६३ करोड ४५ लाख ४० हजार रुपैयाँको लेखापरीक्षकमा बेरुजु १.६३ प्रतिशत (२ करोड ६६ लाख ८८ हजार रुपैयाँ), मण्डनदेउपुर नगरपालिकाको १ अर्ब ६७ करोड १७ लाख ९९ हजार रुपैयाँको लेखापरीक्षकमा बेरुजु १.४२ प्रतिशत (२ करोड ९ लाख ७३ हजार रुपैयाँ), बेथानचोक गाउँपालिकाको १ अर्ब ४२ करोड २७ लाख ४३ हजार रुपैयाँको लेखापरीक्षकमा १.२१ (१ करोड ७१ लाख ८४ हजार रुपैयाँँ) बेरुजु देखिएको छ ।
खानीखोला गाउँपालिकाको ८९ करोड ८६ लाख ३ हजार रुपैयाँको लेखापरीक्षक गरेकोमा १.१९ प्रतिशत (७ लाख ८ हजार रुपैयाँ) बेरुजु देखिएको छ भने बनेपा नगरपालिकाको २ अर्ब ४२ करोड ३७ लाख ९३ हजार रुपैयाँको लेखापरीक्षक गरेकोमा १.०२ प्रतिशत (२ करोड ४७ लाख २५ हजार रुपैयाँ बेरुजु र तेमाल गाउँपालिकाको १ अर्ब २६ करोड २५ लाख ७ हजार रुपैयाँको लेखापरीक्षक गरेकोमा ०.६६ प्रतिशत (८३ लाख ४५ हजार रुपैयाँ) बेरुजु रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण