जासन होल्डर विश्वकप टोलीबाट बाहिरिएपछि वेस्ट इन्डिज चिन्तित
काठमाडौँ । वेस्ट इन्डिज क्रिकेट टोलीका प्रमुख चयनकर्ता डेसमन्ड हेन्सले प्रभावशाली अलराउन्डर जासन होल्डर विश्वकप टोलीबाट बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् । जासन होल्डर टोलीका अनुभवी खेलाडी भएकाले विश्वकपमा उनको अभाव खड्किने डेसमन्डको ठम्याई छ ।
३२ वर्षीय जासन होल्डर टी–२० विश्वकपको सँघारमा चोटका कारण टोलीबाट बाहिरिएका हुन् । उनी क्यारेबियन टोलीका पूर्वकप्तान पनि हुन् । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।
जासन होल्डरको स्थानमा बायाँहाते तिब्रगतिका बलर ओबेद मकोएलाई विश्वकप टोलीमा स्थान दिइएको छ । ओबेद मकोए सोमबार सम्पन्न दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खलामा पनि क्यारेबियन टोलीमा सहभागी थिए । उक्त शृङ्खलामा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ३–० ले हराएको थियो ।
काउन्टी च्याम्पियनसिप खेल्ने क्रममा जासन होल्डर घाइते भएका हुन् । काउन्टी च्याम्पियनसिपको केन्टविरुद्धको खेलमा उनले वर्केस्टरशायरका लागि शतक पनि बनाएका थिए । यद्यपि, क्रिकेट वेस्ट इन्डिजले जासन होल्डरको चोटको विषयमा विस्तृत रुपमा केही बताएको छैन ।
‘विश्वकपमा जासन होल्डरको अनुपस्थिति हाम्रा लागि चिन्ताको विषय हो । उनी टोलीका अनुभवी अलराउन्डर हुन् । उनी छिट्टै टोलीमा फर्कनेछन् भन्ने विश्वास हामीले लिएका छौँ । विश्वकपको सँघारमा क्रिकेट वेस्ट इन्डिजका लागि यो दुर्भाग्यपूर्ण क्षण हो,’ प्रमुख चयनकर्ता डेसमन्ड हेन्सले भनेका छन् ।
उनले ओबेद मकाए पनि क्षमतावान् खेलाडी भएको बताए । ‘ओबेद मकाए पनि प्रतिभाशाली खेलाडी हुन् । उनका लागि ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता देखाउने यो उपयुक्त अवसर पनि हो,’ डेसमन्ड हेन्स भन्छन् ।
केही समयअघि वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा आएको थियो । त्यतिबेला ओबेद कमाए पनि क्यारेबियन टोलीमा थिए । नेपाल भ्रमणका क्रममा उनले पाँचवटा टी–२० खेलमा कुल ८ विकेट लिएका थिए । हालै सम्पन्न दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा पनि उनले दुई विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण