पर्यटकमाथि निगरानी बढाउँदै दुबई

दुबई । संयुक्त अरब इमिरेट्सले पयर्टकहरूमाथि निगरानी बढाउने भएको छ । पर्यटक भिसाको दुरुपयोग रोक्न दुबई र आबु धाबीले विमानस्थलमा पर्यटकमाथि चेकजाँच कसिलो पारेका हुन् ।
त्यता घुम्न जाने पर्यटकहरूको बैंक खाता वा क्रेडिट कार्डमा कम्तीमा ९६ हजार नेपाली रुपैयाँ भएको प्रमाण वा फर्किने टिकट हुनु पर्नेछ । पर्यटक भिसाको दुरुपयोग रोक्न यस्तो कदम चालिएको बताइएको छ ।
पर्यटक भिसामा जाने यात्रीहरूसँग पर्याप्त पैसा नहुने वा फर्किन टिकट नहुँदा जर्बजस्ती स्वदेश फिर्ता गराउनु पर्ने घटनाहरू देखिन थालेपछि निगरानी बढाइएको हो । आफ्नो खर्चमा यात्रीहरूलाई स्वदेश फिर्ता गर्नुपर्ने स्थिति टार्न एकल यात्रीहरू विशेषगरी २० देखि ३५ वर्षका महिलाहरूले यी नियमको पालना गरेका छन् भन्ने विमान सेवा प्रदायकहरूले प्रमाणित गर्नु पर्ने बताइएको छ ।
यात्रीहरूले पर्याप्त पैसा नबोक्ने वा बसोबासको ठेगान नहुने र ९६ घण्टाको ट्रान्जिटभन्दा बढी समय बस्ने प्रवृत्ति देखिएपछि यूएईले पर्यटक भिसामा कडाइ सुरु गरेको छ । कम बजेटका विमान सेवाबाट जाने यात्रीहरूको चेक इन टाइम बढेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटेकोसी र सुनकोसी किनार क्षेत्रमा उच्च सुरक्षा सतर्कता
-
प्रतिनिधिसभामा बैठकमा रास्वपा र राप्रपाको विरोध
-
प्रतिनिधिसभामा रास्वपा र राप्रपाले विरोध जारी राख्ने
-
हचुवाको भरमा बन्यो एन्फाको क्यालेन्डर
-
इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति
-
‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’ को शीर्ष १० मा कोपिला भ्याली छनोट