पर्यटकमाथि निगरानी बढाउँदै दुबई
दुबई । संयुक्त अरब इमिरेट्सले पयर्टकहरूमाथि निगरानी बढाउने भएको छ । पर्यटक भिसाको दुरुपयोग रोक्न दुबई र आबु धाबीले विमानस्थलमा पर्यटकमाथि चेकजाँच कसिलो पारेका हुन् ।
त्यता घुम्न जाने पर्यटकहरूको बैंक खाता वा क्रेडिट कार्डमा कम्तीमा ९६ हजार नेपाली रुपैयाँ भएको प्रमाण वा फर्किने टिकट हुनु पर्नेछ । पर्यटक भिसाको दुरुपयोग रोक्न यस्तो कदम चालिएको बताइएको छ ।
पर्यटक भिसामा जाने यात्रीहरूसँग पर्याप्त पैसा नहुने वा फर्किन टिकट नहुँदा जर्बजस्ती स्वदेश फिर्ता गराउनु पर्ने घटनाहरू देखिन थालेपछि निगरानी बढाइएको हो । आफ्नो खर्चमा यात्रीहरूलाई स्वदेश फिर्ता गर्नुपर्ने स्थिति टार्न एकल यात्रीहरू विशेषगरी २० देखि ३५ वर्षका महिलाहरूले यी नियमको पालना गरेका छन् भन्ने विमान सेवा प्रदायकहरूले प्रमाणित गर्नु पर्ने बताइएको छ ।
यात्रीहरूले पर्याप्त पैसा नबोक्ने वा बसोबासको ठेगान नहुने र ९६ घण्टाको ट्रान्जिटभन्दा बढी समय बस्ने प्रवृत्ति देखिएपछि यूएईले पर्यटक भिसामा कडाइ सुरु गरेको छ । कम बजेटका विमान सेवाबाट जाने यात्रीहरूको चेक इन टाइम बढेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण