नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राखिने
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राखिने भएको छ । चलचित्र विकास बोर्डमा सोमबार बसेको चलचित्र सम्बद्ध संस्थाले सर्वसम्मत रुपमा उद्योगको नाम ‘सिनेमाण्डु’ राखेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बताए ।
‘छलफलमा तीनवटा नाम आएको थियो । तर ‘सिनेमाण्डु’ भन्ने सर्वसहमत भयो’, खड्काले भने, ‘असोज १५ लाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय भयो ।’
छलफलमा ‘सिनेमाण्डु’ नामाकरणबारे सहमति जुटेको र बोर्डको बैठक छिट्टै डाकेर त्यसलाई अनुमोदन गर्ने तयारीमा बोर्ड जुटेको छ ।
नामाकरणबारेको सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । बैठकमा चलचित्र निर्माता संघ, चलचित्र संघ, आदिवासी चलचित्र संघ लगायत थुप्रै संघसंस्थाको प्रतिनिधिको सहभागिता रहेको थियो ।
नाम अव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने छ । मन्त्रालयले यो नामलाई मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि आधिकारिक रूपमै नेपाली फिल्म क्षेत्रको नाम ‘सिनेमाण्डु’ हुनेछ । यसअघि चलचित्र क्षेत्रलाई कलिउड भनिँदै आएको छ । मन्त्रिपरिषद्बाट पास भएपछि भने ‘सिनेमाण्डु’ भन्नु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण