विभिन्न देशका प्रतिनिधिसँग परराष्ट्र सचिव लम्सालको भेट
काठमाडौँ । साना टापु विकासशील राष्ट्रहरूको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा पुगेकी परराष्ट्र सचिव सेवा लम्सालले विभिन्न देशका प्रतिनिधिसँग हिजो साँझ भेटघाट गरेका छन् ।
युक्रेनी प्रतिनिधि मण्डलका प्रमुख एवं युक्रेनका राष्ट्रपति कार्यालयका प्रमुख इगोर जोभक्भासँगको भेटमा युक्रेन–रुस जारी युद्ध तथा नेपाल–युक्रेन सम्बन्धको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालय मन्त्रालयले जनाएको छ ।
त्यसैगरि, सचिव लम्सालले संयुक्त राष्ट्रका उच्चस्तर प्रतिनिधि मण्डल रबाव फतिमासँग पनि छलफल गरेकी छिन् । उनीहरूको बिचमा अल्पविकसितहरूका लागि दोहा (डीपीओए) कार्यक्रमको कार्यान्वयनको विषयमा छलफल हुनुको साथै नेपालको ग्रेजुएशन र आगामी एलएलडीसी–३ सम्मेलनको बारेमा चर्चा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
हिजै एस्टोनियाली प्रतिनिधि मण्डलका प्रमुख एवं उपमन्त्री मीना लिना लिण्डसँग पनि सचिव लम्सालले भेटघाट गरेकी थिइन् । भेटको क्रममा नेपाल–इस्टोनिया बिचको द्विपक्षीय सम्बन्ध तथा संयुक्त राष्ट्र सङ्घको कार्यदिशा अन्तर्गतको सहयोग र आगामी बहुपक्षीय सम्बन्धको बारेमा छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण