सर्वोच्च अदालतद्वारा केजरीवालको अन्तरिम जमानत लम्ब्याउने निवेदन खारेज
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न मागसहित दिएको निवेदनमाथि सुनुवाइ गर्न भारतको सर्वोच्च अदालतले अस्वीकार गरेको छ । कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको निर्णय सुरक्षित रहेको जनाएको छ ।
यस याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध नभएको बताइएको छ । केजरीवाल दिल्लीको खारेज गरिएको रक्सी नीतिसँग सम्बन्धित घोटालामा अन्तरिम जमानतमा छुटेका थिए ।
उनको जमानत जुन १ मा सकिँदैछ । केजरीवालले लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
उनी मे १० मा सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर तिहाड जेलबाट बाहिर आएका थिए । सम्पत्ति शुद्धीकरण मामिलामा प्रवर्तन निर्देशनालयले मार्च २१ मा केजरीवाललाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण