सर्वोच्च अदालतद्वारा केजरीवालको अन्तरिम जमानत लम्ब्याउने निवेदन खारेज

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न मागसहित दिएको निवेदनमाथि सुनुवाइ गर्न भारतको सर्वोच्च अदालतले अस्वीकार गरेको छ । कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको निर्णय सुरक्षित रहेको जनाएको छ ।
यस याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध नभएको बताइएको छ । केजरीवाल दिल्लीको खारेज गरिएको रक्सी नीतिसँग सम्बन्धित घोटालामा अन्तरिम जमानतमा छुटेका थिए ।
उनको जमानत जुन १ मा सकिँदैछ । केजरीवालले लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
उनी मे १० मा सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर तिहाड जेलबाट बाहिर आएका थिए । सम्पत्ति शुद्धीकरण मामिलामा प्रवर्तन निर्देशनालयले मार्च २१ मा केजरीवाललाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट
-
राजसंस्था फर्काउन राजावादीको बैठक : के-के गर्यो निर्णय ?
-
काठमाडौँका दुई निजी विद्यालयमा विभागको छापा
-
सरकार उल्टो बाटो हिँडिरहेको छ, धेरै जाला जस्तो देखिएन : वर्षमान पुन
-
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्नुपर्छ : प्रचण्ड
-
युवा संघमा भाँडभैलो, निर्णय सच्याउन चेतावनी