डा. आचार्यलाई स्वतन्त्रता सेनानी सम्मान
पाँचथर । नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा. सुरेश आचार्य स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित भएका छन् ।
महासङ्घ शाखाले फिदिममा आयोजना गरेको मिडिया सम्मेलनमा डा. आचार्यलाई सम्मान पत्र, दोसल्ला र नगदबाट सम्मानित गरिएको हो ।
कोशी प्रदेश सभा सदस्य मैयाँ श्रेष्ठ लावती, शाखाका अध्यक्ष गिरिराज बाँस्कोटालगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विशिष्ट योगदान पुर्याएको भन्दै ३३ हजार रुपैयाँ राशिको पुरस्कार आचार्यलाई प्रदान गरेका हुन् ।
यसअघि यो सम्मान महासङ्घका पूर्व सभापति/अध्यक्षहरू हरिहर बिरही, किशोर नेपाल, धर्मेन्द्र झा, डा. महेन्द्र विष्ट, शिव गाउँलेलगायतले प्राप्त गरिसकेका छन् ।
सम्मेलनमै फिदिम नगरपालिकाद्वारा स्थापित २५ हजार रुपैयाँ राशिको फिदिम नगर पत्रकारिता पुरस्कारबाट पत्रकार खविन लुइँटेल पुरस्कृत भए । शाखामा स्थापित १० हजार रुपैयाँ राशिको हरि चरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार दुर्गा खनाल र फिदिम स्पोर्टिङ क्लबले शाखामार्फत वितरण गर्ने १० हजार रुपैयाँ राशिको प्रजापति–जलपादेवी खेलकुद पत्रकारिता पुरस्कार पत्रकार विनोदकुमार सुब्बा (सन्देश) लाई प्रदान गरियो ।
पाँचथरसहित आसपासको जिल्लाका पत्रकारसमेत सहभागी मिडिया सम्मेलनमा मोफसलको पत्रकारिताका विषयमा ताप्लेजुङका आनन्द गौतम, सप्तरीका ललिता शाह र दैलेखका विशाल सदाशङ्करले आफ्ना अनुभव तथा धारणा राखेका थिए । झापाका पत्रकार केशव भट्टराईले सहजीकरण गरेका थिए ।
अबको पत्रकारिताका विषयमा पत्रकारद्वय दिलभुषण पाठक र कमलदेव भट्टराईले धारणा राखे । इलामका पत्रकार सटेन्द्र जबेगूले सहजीकरण गरेको यो सेसनको कि नोट स्पिकर पत्रकार अरुण बराल थिए ।
सम्मेलनकै अवसरमा शाखाले प्रकाशन गरेको पत्रकारिता नामक पुस्तक विमोचन गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण