कस्तो छ मुकेश अम्बानीका छोरा अनन्त र राधिकाको बिहेको पहिलो निम्तो कार्ड ?

नयाँ दिल्ली । भारतका खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्तको बिहेको पहिलो निम्तो कार्ड बाहिरिएको छ । अनन्त र राधिका मर्चेन्टको बिहे जुलाई १२ देखि तीन दिनसम्म मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा हुनेछ ।
‘सेभ द डेट’ कार्ड बिहीबार सार्वजनिक गरिएको हो । स्रोतका अनुसार यो कार्ड कयौँ अतिथिलाई पठाइएको छ । छिट्टै बिहेको ‘औपचारिक’ निम्तो कार्ड पठाइनेछ । रातो र सुनौलो रङकाे सो कार्डमा तीन दिने वैवाहिक समारोहका रिसेप्शनसमेत अनेकौँ विवरणहरू सार्वजनिक गरिएको छ ।
कार्डमा उल्लेख गरिएअनुसार १२ जुलाईमा सात फेरा हुनेछ । बिहे हिन्दु रीतिरिवाज अनुसार सम्पन्न हुने बताइएको छ । भोलिपल्ट शुभ आर्शिवाद हुनेछ भने पर्सिपल्ट रिसेप्सन राखिएको छ । सबै समारोहका लागि ड्रेस कोड भारतीय परम्परागत वा औपचारिक पोसाक राखिएको छ ।
यतिबेला इटलीमा अनन्त अम्बानीको दोस्रो प्रि–वेडिङ समारोह चलिरहेको छ । चार दिनसम्म चल्ने यो क्रुज पार्टीमा बलिउडका कयौँ स्टार सहभागी छन् । अनन्त र राधिकाको बिहे यो वर्षको सबैभन्दा महँगो बिहे बन्दैछ । पहिलो प्रि–वेडिङमा १२ अर्ब ५० करोड भारु खर्च गरिएका समाचारहरू प्रकाशित भएको थियो ।
दोस्रो प्रि–वेडिङमा अम्बानी दम्पतीले ७५ अर्ब ७५ करोड भारु अर्थात् ९० करोड डलर खर्च गर्न लागेको खबर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तकोशीमा डल्फिन गणना सुरु
-
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
-
प्रचण्डले राजावादीको आलोचना गरेपछि प्रश्न गर्न तम्सिए जनार्दन, यस्तो छ तनावको नालीबेली
-
अनुहार चम्किलो बनाउन लगाउनुहोस् यो फेस प्याक
-
संगीतकार सङ्घको अध्यक्षमा लामा
-
च्याम्पियन्स लिगको जितपछि पेरिसमा प्रहरी र पीएसजीका समर्थकहरूबिच झडप