कस्तो छ मुकेश अम्बानीका छोरा अनन्त र राधिकाको बिहेको पहिलो निम्तो कार्ड ?
नयाँ दिल्ली । भारतका खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्तको बिहेको पहिलो निम्तो कार्ड बाहिरिएको छ । अनन्त र राधिका मर्चेन्टको बिहे जुलाई १२ देखि तीन दिनसम्म मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा हुनेछ ।
‘सेभ द डेट’ कार्ड बिहीबार सार्वजनिक गरिएको हो । स्रोतका अनुसार यो कार्ड कयौँ अतिथिलाई पठाइएको छ । छिट्टै बिहेको ‘औपचारिक’ निम्तो कार्ड पठाइनेछ । रातो र सुनौलो रङकाे सो कार्डमा तीन दिने वैवाहिक समारोहका रिसेप्शनसमेत अनेकौँ विवरणहरू सार्वजनिक गरिएको छ ।
कार्डमा उल्लेख गरिएअनुसार १२ जुलाईमा सात फेरा हुनेछ । बिहे हिन्दु रीतिरिवाज अनुसार सम्पन्न हुने बताइएको छ । भोलिपल्ट शुभ आर्शिवाद हुनेछ भने पर्सिपल्ट रिसेप्सन राखिएको छ । सबै समारोहका लागि ड्रेस कोड भारतीय परम्परागत वा औपचारिक पोसाक राखिएको छ ।
यतिबेला इटलीमा अनन्त अम्बानीको दोस्रो प्रि–वेडिङ समारोह चलिरहेको छ । चार दिनसम्म चल्ने यो क्रुज पार्टीमा बलिउडका कयौँ स्टार सहभागी छन् । अनन्त र राधिकाको बिहे यो वर्षको सबैभन्दा महँगो बिहे बन्दैछ । पहिलो प्रि–वेडिङमा १२ अर्ब ५० करोड भारु खर्च गरिएका समाचारहरू प्रकाशित भएको थियो ।
दोस्रो प्रि–वेडिङमा अम्बानी दम्पतीले ७५ अर्ब ७५ करोड भारु अर्थात् ९० करोड डलर खर्च गर्न लागेको खबर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण